१२ श्रावण २०८१, शनिबार | July 27, 2024

महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा नबिल बैंकले साथ दिने



काठमाडौं । नबिल बैंकले कोभिड–१९ महामारी विरूद्ध लड्नका निम्ति सरकारी तथा गैरसरकारी निकायसंग साझेदारी मा साथ दिने भएको छ । माहामारी नियन्त्रण गर्ने संयुक्त प्रयासको रूपमा, MoHP/स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, MoHP, एशियाली प्रकोप तत्परता केन्द्र (ADPC), राष्ट्रिय प्रकोप जोखिमन्यूनीकरण केन्द्र (NDRC)र चौधरी फाउण्डेशनद्वारा स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको लागि पहिलो संयुक्त पहल थालिएको छ ।

नेविल बैंकका अनुसार महामारीकालागि तत्परता र प्रतिक्रिया दिनकालागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम ६ वटा प्रदेशहरुमा सम्पन्न भइसकेको छ भने अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन/प्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएकोे छ ।

एक दिवसीय अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यसँग आवद्ध संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीहरूले सक्रियरूपमा भाग लिएका थिए ।

राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतिहरू, अनुभवहरू र शिक्षालाई बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्ने बैंकले विस्वास लिएको छ । अग्रपंतिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिका सहित ज्ञान आदान प्रदानमा मूल्यवान जानकारीहरूको खोजीगर्न बैंकले मद्दत गरेकाे नबिल बै‌कले आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो अद्वितीय सार्वजनिक–निजी साझेदारी पहल भएको नेविलले दाबी गरेको छ । यो साझेदारीले कोभिड–१९ जस्ता महामारीको बेला सरकार र नागरिक समाज संगठनहरूको पहललाई सहयोग पु¥याउन निजी क्षेत्रले स्थानीयरुपमा लचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरु चाल्न सक्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालाहरुलाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ, जसले नेपाललाई स्वास्थ्य आपतकालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रकोरुपमा उभ्याउनेछ ।’

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ९ : २३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान