४ चैत्र २०८२, बुधबार | March 18, 2026

महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा नबिल बैंकले साथ दिने



काठमाडौं । नबिल बैंकले कोभिड–१९ महामारी विरूद्ध लड्नका निम्ति सरकारी तथा गैरसरकारी निकायसंग साझेदारी मा साथ दिने भएको छ । माहामारी नियन्त्रण गर्ने संयुक्त प्रयासको रूपमा, MoHP/स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, MoHP, एशियाली प्रकोप तत्परता केन्द्र (ADPC), राष्ट्रिय प्रकोप जोखिमन्यूनीकरण केन्द्र (NDRC)र चौधरी फाउण्डेशनद्वारा स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको लागि पहिलो संयुक्त पहल थालिएको छ ।

नेविल बैंकका अनुसार महामारीकालागि तत्परता र प्रतिक्रिया दिनकालागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम ६ वटा प्रदेशहरुमा सम्पन्न भइसकेको छ भने अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन/प्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएकोे छ ।

एक दिवसीय अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यसँग आवद्ध संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीहरूले सक्रियरूपमा भाग लिएका थिए ।

राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतिहरू, अनुभवहरू र शिक्षालाई बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्ने बैंकले विस्वास लिएको छ । अग्रपंतिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिका सहित ज्ञान आदान प्रदानमा मूल्यवान जानकारीहरूको खोजीगर्न बैंकले मद्दत गरेकाे नबिल बै‌कले आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो अद्वितीय सार्वजनिक–निजी साझेदारी पहल भएको नेविलले दाबी गरेको छ । यो साझेदारीले कोभिड–१९ जस्ता महामारीको बेला सरकार र नागरिक समाज संगठनहरूको पहललाई सहयोग पु¥याउन निजी क्षेत्रले स्थानीयरुपमा लचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरु चाल्न सक्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालाहरुलाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ, जसले नेपाललाई स्वास्थ्य आपतकालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रकोरुपमा उभ्याउनेछ ।’

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ९ : २३ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको