५ चैत्र २०८२, बिहिबार | March 20, 2026

मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय सभापतिमा खनाल चयन



पोखरा । मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद् बैठकले गोबिन्द खनालको नेतृृृत्वमा नयां कार्यसमिति चयन गरेको छ ।

फागुन २१ र २२ गते पोखरामा भएको राष्ट्रिय परिषद् बैठकले आगामी २ बर्षका लागि खनालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्ण बहादुर रावल, म्हिला उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिब रामकृष्ण बराल,कोषाध्यक्ष जगन्नाथ पुडासैनी चयन भएका छन् ।

समाज सचिव प्रदेश १ मा बिकास थापा, सचिव प्रदेश २ मा अमर बहादुर गौतम, सचिव बाग्मती प्रदेशमा बाबुहरी आचार्य, सचिव गण्डकी प्रदेशमा धिरज थापा, सचिव लुम्बिनी प्रदेशमा मिना ढकाल, सचिव कर्णाली प्रदेशमा पुष्पा मल्ल, सचिव सुदुरपश्चिम प्रदेशमा मदन कुवर, सचिव आदीबासी जनजातीमा रामप्रसाद जोशी, सचिव दलितमा निर्मल नेपाली, सचिव मधेशीमा बन्दना सिंह, सचिव महिलामा नम्रता खरेल चयन भए ।

त्यस्तैगरि ४ महिला सदस्यमा निर्मला सुबेदी, सरस्वती कुमारी नेपाली, सुमित्रा बन्जरा र सरस्वती ढकाल चयन भए भने ६ जना खुला सदस्यहरुमा लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बन्जरा, बिष्णु भुसाल, माधब प्रसाद गौतम, सन्तोष रौनियार र दिलबहादुर कार्की चयन भएका छन् ।

नव निर्वाचित सभापति गोबिन्द खनालले मुलुकमा लोकतन्त्र र मानव अधिकारको अबस्था कमजोर भएको अवस्थामा समाज थप क्रियाशील हुने बताए । उनले सबैलाइ समेटेर अघि बढ्ने बताए । खनालल विश्वलाइ आणबिक अस्त्ररहित बनाउनुपर्नेमा जोड दिए ।

मानव अधिकार तथा शान्ति समाजको बिधान २०५३ को दफा १० ख अनुसार उनीहरु निर्बाचित भएको निर्बाचन अधिकृत महेन्द्र प्रसाद पाण्डे बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : २२ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको