२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

रुपन्देही डेरी व्यवसायीद्धारा अन्तरक्रिया



बुटवल । रुपन्देही डेरी व्यवसायी समितिको आयोजनामा दुधको बर्तमान अवस्था, चुनौतिको विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष अमृत सिंह भण्डारीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले कानुन अनुसार नै डेरी व्यवसायी तथा उद्योगहरु सञ्चालन हुनुपर्नेमा जोड दिए ।

उनले व्यवसायीहरुको हितको लागि आफु जहिले पनि तयार रहेको भन्दै यसको लागि सरकारले निर्देष्ठ गरेका नीति तथा नियमहरुको पुर्णरुपमा पालन गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल दाहालले उपभोक्ता हित तथा संरक्षण नियमवाली २०७६ अनुसार निदिष्ठ गरिएको मापदण्मा रहेर डेरी पसल, व्यवसाय वा उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै उनले रुपन्देहीको डेरी जन्य उद्योग तथा व्यवसाय अन्य विदेशी देशहरु संग प्रतिष्पर्धा गर्न सक्ने खालको हुनुुपर्नेमा जोड दिए ।

कार्यक्रममा बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत टेकराज पन्थी, बुटवल उपमहानरपालिका अनुगमन समितिका सदस्य सचिव टोपलाल शर्मा, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल पौडेल, सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष टिकाराम पाण्डे, ग्लोवल डेरी उद्योग प्रालिका अध्यक्ष थानेश्वर न्यौपाने लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रम महासचिव पदम प्रसाद पौडेलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ३७ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि