५ चैत्र २०८२, बिहिबार | March 20, 2026

प्रधानमन्त्री ओलीले आज कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको अभियान सुरु हुँदै



काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो प्राथमिकताको पहिलो चरण आजबाट सुरु हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर दोस्रो चरणको अभियान शुरु गरिने भएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा खोप लगाउने तय भएको छ ।

दोस्रो प्राथमिकतामा रहेका ५५ वर्ष उमेर माथिका साथै विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई खोप लगाइने छ । यस्तै सार्वजनिक सवारीसाधनका चालक र सहचालकलाई पनि प्राथमिकतामा राखिएको छ । ती सबैको संख्या करिब ४२ लाख रहेको स्वास्थ्य सेवा विभागको आकलन छ ।

यो चरणमा १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरी ४२ लाखलाई खोप लगाउने छन । यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन ।​मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए ।

यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको उनको भनाइ छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने सरकारको योजना छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ५१ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको