५ बैशाख २०८३, शनिबार | April 19, 2026

स्पेनिस ला लिगा : बार्सिलोनाले महत्वपूर्ण जित दर्ता



काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले महत्वपूर्ण जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोर्डी अल्बा र १८ वर्षे किशोर इलाइज मोरिबाले गोल गरे ।

दुवै गोलमा लियोनल मेस्सीले सहयोग गरेका हुन् । अल्बाले ३० औँ तथा मोरिबाले ८३ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ ।

दुई खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ५८ अंक र एक खेल कम खेलेको तेस्रो स्थानको रियल मड्रिडको ५३ अंक छ ।

ला लिगाका अन्तर्गत शनिबार राति भएका अरु खेलमा रियल भालाडोलिडले गेटाफे तथा एल्चीले सेभिल्लालाई समान २-१ तथा काडिजले एइबरलाई १-० ले पराजित गरेका छन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : ०९ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको