३० चैत्र २०८२, सोमबार | April 13, 2026

सभामुख सापकोटालाई भेटे प्रचण्ड-नेपालले



काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन आज अपरान्ह ४ बजेबाट बस्दैछ । अधिवेशन नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवादबाट सबैभन्दा बढी प्रभावित हुने देखिएको छ ।

नेकपाको विभाजनले कानुनी मान्यता नपाएका कारण संसदभित्र प्रचण्ड-नेपाल पक्ष र ओली पक्षले लिने रणनीतिले अधिवेशनको अवस्था आंकलन गर्न सकिन्छ ।

ओली पक्षले प्रचण्ड नेपाल पक्षलाई कुनै मान्यता नदिन संसद सचिवालयलाई दबाब दिएको छ । प्रचण्ड-नेपाल पक्षले पनि ओली पक्षलाई पार्टी र संसदीय दलबाट कारवाही गरिसकेका कारण मान्यता नदिन दबाब दिएको छ ।

अधिवेशन सुरु हुनुअघि नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले आज सभामुख अग्नि सापकोटालाई भेट गरेका छन् । उनीहरुले संसद सचिवालयमै पुगेर सभामुख सापकोटालाई भेटेका हुन् । बिहान ८ बजेदेखि नै संसदीय दलको आन्तरिक छलफलमा व्यस्त रहेका प्रचण्ड र नेपालले सभामुखसँग गरेको भेटलाई ओली पक्षले भने आशंकाको नजरले हेरेको छ । सभामुखसँग के छलफल भयो भन्ने कुरा भने बाहिर आएको छैन ।

ओली पक्षले प्रचण्डलाई संसदीय दलको नेता र देव गुरुङलाई मुख्य सचेतकको हैसियतमा व्यवहार गरे संसदमा सभामुख विरुद्ध आक्रमण बन्ने चेतावनी दिएको छ । ओली पक्षले आफुहरु नै आधिकारिक भएको दाबी गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : ०० बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ