१ पुस २०८२, मंगलबार | December 16, 2025

सभामुख सापकोटालाई भेटे प्रचण्ड-नेपालले



काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन आज अपरान्ह ४ बजेबाट बस्दैछ । अधिवेशन नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवादबाट सबैभन्दा बढी प्रभावित हुने देखिएको छ ।

नेकपाको विभाजनले कानुनी मान्यता नपाएका कारण संसदभित्र प्रचण्ड-नेपाल पक्ष र ओली पक्षले लिने रणनीतिले अधिवेशनको अवस्था आंकलन गर्न सकिन्छ ।

ओली पक्षले प्रचण्ड नेपाल पक्षलाई कुनै मान्यता नदिन संसद सचिवालयलाई दबाब दिएको छ । प्रचण्ड-नेपाल पक्षले पनि ओली पक्षलाई पार्टी र संसदीय दलबाट कारवाही गरिसकेका कारण मान्यता नदिन दबाब दिएको छ ।

अधिवेशन सुरु हुनुअघि नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले आज सभामुख अग्नि सापकोटालाई भेट गरेका छन् । उनीहरुले संसद सचिवालयमै पुगेर सभामुख सापकोटालाई भेटेका हुन् । बिहान ८ बजेदेखि नै संसदीय दलको आन्तरिक छलफलमा व्यस्त रहेका प्रचण्ड र नेपालले सभामुखसँग गरेको भेटलाई ओली पक्षले भने आशंकाको नजरले हेरेको छ । सभामुखसँग के छलफल भयो भन्ने कुरा भने बाहिर आएको छैन ।

ओली पक्षले प्रचण्डलाई संसदीय दलको नेता र देव गुरुङलाई मुख्य सचेतकको हैसियतमा व्यवहार गरे संसदमा सभामुख विरुद्ध आक्रमण बन्ने चेतावनी दिएको छ । ओली पक्षले आफुहरु नै आधिकारिक भएको दाबी गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : ०० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज