१६ माघ २०८२, शुक्रबार | January 30, 2026

नेपाली बजारमा आईप्रोका फिचर फोन उपलब्ध



काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा भित्रिएको हो ।

आईप्रोका फिचर फोनको बिक्री-वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा सार्वजनिक भने गरिएको थिएन । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ । क्रमशः अन्य डिजाइनमा समेत फोनहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै आईप्रोका फिचर फोनका मोडलहरु ल्याउन लागेको हो ।

आईप्रोका फिचर फोनहरुमा डुअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने लगायतका फिचर रहेका छन् । आईप्रो चिनियाँ मोबाइल निर्माता कम्पनी हो । जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट युनिट रहेको छ । संसारका धेरै देशमा यसको उत्पादन हुँदै आएको छ ।

सन् २००१ देखि बजारमा अस्तित्वमा रहेको यो फोन निर्माता कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा मात्रै तीन हजारभन्दा बढी जनशक्ति कार्यरत छन् । जसबाट आईप्रोले विश्वस्तरीय बारफोन उत्पादन गर्न सफल भएको हो ।

अमेरिकी र यूरोपेली बजारमा आईप्रोका फोनहरु निकै रुचाइने गरेका छन् । आईप्रोले भारत, मलेसिया, इण्डोनेसिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका, युरोपलगायत १०० भन्दा बढी देशहरुमा आफ्ना मोबाइल फोनहरु बिक्री गरिरहेको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरु बिक्री गर्दै आएको छ । आगामी दिनमा आईप्रोका थुप्रै मोडेल नेपाल ल्याउने तयारी रहेको भीएस ग्रुपले जनाएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा कार्यालय रहेको कम्पनीले नेपालभर आईप्रोका मोबाइलहरु उपलब्ध गराउँदै आएको छ । भीएस ग्रुपले आफ्नै मोबाइल ब्रान्ड क्यान्भास नेपाल समेत बजारमा ल्याएको छ । सन् २०१५ देखि भीएस ग्रुप अफ कम्पनीले आईप्रो मोबाइल ब्रान्डबाहेक ग्रेट एसिया ट्याब्लेट समेत बिक्री-वितरण गरिरहेको छ । आईप्रो सस्तो, भरपर्दो र टिकाउ फिचर फोन हो ।

साधारण र निम्न आय भएका प्रयोगकर्ता तथा ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई उपलब्ध गराउनका लागि यो फोनको उपयोग गर्न सक्छन् । जस्तोसुकै स्थानमा पनि राम्रो नेटवर्क दिने र लामो समयसम्म ब्याट्री टिक्ने भएकाले यी फिचर फोन निकै नै उपयोगी हुने कम्पनीको दाबी छ ।

नेपाली बजारमा आईप्रोका फिचर फोनहरुको मूल्य ९ सय देखि १० हजार रुपैयाँसम्म रहेको छ । नेपालभर विभिन्न स्थानमा डिलर र सर्भिस सेन्टर उपलब्ध भएकाले यसको बिक्री पछिको सुविधा समेत प्राप्त गर्न सहज छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : ३५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला