८ माघ २०८२, बिहिबार | January 23, 2026

कलकत्ताको एक मल्टी स्टोर भवनमा भीषण आगलागी, ९ जनाको मृत्यु



एजेन्सी । पश्चिम बंगालको राजधानी कलकत्तामा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । भारतको कलकत्तामा इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीमा परी ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन । मृत्यु भएका दुई जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको शरीर जलेर नचिनिने भएपछि पहिचान खुल्न गाह्रो भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

मृत्यु भएकाहरू लिफ्टमा ११ तलासम्म गएको र त्यहाँ धुँवाले निस्सासिएको बुझिएको छ । भवनको बाह्रौं तलामा आगलागी भएको थियो । उक्त भवनमा इस्ट्रन रेलवेजको टिकट रिजर्भेसन, सञ्चार र सिंग्नलिङको कार्यालय थियो । आगलागीको कारण अझै थाहा नभइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : २३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा