२० श्रावण २०८३, बुधबार | August 5, 2026

यस वर्षको ‘डिभी महिलाशक्ति सम्मान’ चार जनालाई



काठमाडौं । शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको डिभी एजुकेशन नेटवर्कले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उपलब्ध गराउँदै आएको ‘डिभी महिलाशक्ति सम्मान’ यस वर्ष कोभिड-१९ को महामारीको समयमा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने चार जना महिलालाई सम्मान गर्ने निर्णय गरेको छ ।

सम्मानित हुनेहरुमा सिनियर कन्सल्ट्याण्ट डा.रक्षा पाण्डेय, कान्तिपुरकी पत्रकार सञ्जु पौडेल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी नर्सिङ सुपरभाइजर बेली पौड्याल र हाम्रो टिम नेपालकी कार्यकारी सदस्य कविता पौडेल छन् ।

संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद शाहले महिला अधिकार र शसक्तिकरणलाई साझा मुद्धाको रुपमा हेर्नुपर्ने भन्दै सामाजिक रुपमा योगदान पुराएर र समाज परिवर्तनमा भूमिका खेल्दै गरेका महिलाहरुलाई प्रेरणा र सम्मान स्वरुप सम्मानको कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
डिभी एजुकेशनले गत वर्ष देखि यो सम्मानको कार्यक्रम ल्याएको हो ।

गत वर्ष संस्थाले सामाजिक रुपमा योगदान पुराएका पाँचजना महिलालाई सम्मान गर्ने निर्णय गरेको थियो । संस्थाले कोभिड-१९ को महामारीको कारण गत वर्ष पनि सम्मान कार्यक्रम स्थगित गरिएकोले गत वर्ष र यस वर्षको सम्मान एकै साथ विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : २३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा