८ बैशाख २०८१, शनिबार | April 20, 2024

यस वर्षको ‘डिभी महिलाशक्ति सम्मान’ चार जनालाई



काठमाडौं । शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको डिभी एजुकेशन नेटवर्कले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उपलब्ध गराउँदै आएको ‘डिभी महिलाशक्ति सम्मान’ यस वर्ष कोभिड-१९ को महामारीको समयमा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने चार जना महिलालाई सम्मान गर्ने निर्णय गरेको छ ।

सम्मानित हुनेहरुमा सिनियर कन्सल्ट्याण्ट डा.रक्षा पाण्डेय, कान्तिपुरकी पत्रकार सञ्जु पौडेल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी नर्सिङ सुपरभाइजर बेली पौड्याल र हाम्रो टिम नेपालकी कार्यकारी सदस्य कविता पौडेल छन् ।

संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद शाहले महिला अधिकार र शसक्तिकरणलाई साझा मुद्धाको रुपमा हेर्नुपर्ने भन्दै सामाजिक रुपमा योगदान पुराएर र समाज परिवर्तनमा भूमिका खेल्दै गरेका महिलाहरुलाई प्रेरणा र सम्मान स्वरुप सम्मानको कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
डिभी एजुकेशनले गत वर्ष देखि यो सम्मानको कार्यक्रम ल्याएको हो ।

गत वर्ष संस्थाले सामाजिक रुपमा योगदान पुराएका पाँचजना महिलालाई सम्मान गर्ने निर्णय गरेको थियो । संस्थाले कोभिड-१९ को महामारीको कारण गत वर्ष पनि सम्मान कार्यक्रम स्थगित गरिएकोले गत वर्ष र यस वर्षको सम्मान एकै साथ विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : २३ बजे

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न