२० मंसिर २०८२, शनिबार | December 6, 2025

यसवर्षको एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म



काठमाडौं । २००७७ सालको एसईई परीक्षा जेठमा हुनेभएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा लिने निर्णय गरेको हो ।

एसईईं परीक्षा चैत्रमै हुनुपर्ने भएपनि गतवर्षको चैत्रमा कोरोना भाइरसको महामारीका कारण परीक्षा हुननसकेपछि यो वर्ष पनि परीक्षा तालिका पछि सरेको हो । सरकारले यसवर्ष आमागी असार महिनाबाट नयाँ शैक्षिक सत्र लागु गर्दैछ । यसअघि एसईई परीक्षा सम्पन्न हुनेगरी कार्यतालिका बनाइएको बोर्डले जनाएको छ ।

यसवर्षको एसईई परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डले नै भएको छ । गत २६ मा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय परीक्षा बोर्डले नै एसईई परीक्षा लिने निर्णय गरेको थियो । प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने निर्णय मन्त्रिपरिषदले गरेको थियो । यद्यपी एसईईको व्यवस्थापन, सञ्चालन, अनुगमन र उत्तरपुस्तिका खरिदका काम प्रदेश सरकारको जिम्मामा रहेको छ । संविधानअनुसार माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई रहेको छ भने कक्षा १० को परीक्षालाई प्रदेश सरकार मातहत राखिएको छ । तर, स्पष्ट कानुन बन्न नसक्दा यसवर्ष पनि राष्ट्रिय स्तरमै एसईई लिन थालिएको हो ।

कोरोना महामारीका कारण परीक्षा लिन नपाएपछि गत वर्ष विद्यालयहरुले आन्तरिक ग्रेड मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशित भएको थियो ।

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : १६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय