१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

सर्वोच्च अदालतको फैसलाले साविकको नेकपा खारेज भएपछि पूर्ववत पार्टीको रुपमा माओवादी केन्द्रको पहिलो बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री ओलीलाई समर्थन फिर्ता लिने कि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा विजयी बनेका एमाले अध्यक्ष ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका थिए । पछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि नेकपाको अध्यक्ष ओली संविधानको सोही धाराको उपधारा १ अनुसार बहुमत प्राप्त दलको नेताको रुपमा प्रधानमन्त्री बनेका थिए ।

तर, ओलीले आफुखुशी प्रतिनिधिसभा विघटन गरेपछि उनको असंवैधानिक कदम विरुद्ध नेकपाको बहुमत पक्ष आन्दोलनमा उत्रिएको थिए । ओली विरुद्ध पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै आक्रमक रुपले पेश भएको नेकपाको बहुमत पक्ष सर्वोच्च अदालतद्वारा पार्टी खारेजीपछि भने माओवादी केन्द्र र एमालेमै सहभागी भएको छ । पेरिसडाँडामै नेकपाको प्रचण्ड नेपाल पक्षले सोमबार स्थायी कमिटीको बैठकमार्फत आआफ्नै पार्टीमा रहने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई दिएको समर्थन स्थायी कमिटी बैठकले फिर्ता गर्ने संभावना बलियो छ । माओवादी केन्द्रको समर्थन फिर्ता भएसँगै ओली अल्पमतमा पर्नेछन् । समर्थन फिर्ता भएमा उनले एकमहिनाभित्र अनिवार्य रुपमा विश्वासको मत हासिल गर्नुपर्ने हुन्छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीलाई अघि बढाउने रणनीतिबारे पनि छलफल गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  २ : २२ बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय