१ पुस २०८२, मंगलबार | December 16, 2025

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

सर्वोच्च अदालतको फैसलाले साविकको नेकपा खारेज भएपछि पूर्ववत पार्टीको रुपमा माओवादी केन्द्रको पहिलो बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री ओलीलाई समर्थन फिर्ता लिने कि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा विजयी बनेका एमाले अध्यक्ष ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका थिए । पछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि नेकपाको अध्यक्ष ओली संविधानको सोही धाराको उपधारा १ अनुसार बहुमत प्राप्त दलको नेताको रुपमा प्रधानमन्त्री बनेका थिए ।

तर, ओलीले आफुखुशी प्रतिनिधिसभा विघटन गरेपछि उनको असंवैधानिक कदम विरुद्ध नेकपाको बहुमत पक्ष आन्दोलनमा उत्रिएको थिए । ओली विरुद्ध पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै आक्रमक रुपले पेश भएको नेकपाको बहुमत पक्ष सर्वोच्च अदालतद्वारा पार्टी खारेजीपछि भने माओवादी केन्द्र र एमालेमै सहभागी भएको छ । पेरिसडाँडामै नेकपाको प्रचण्ड नेपाल पक्षले सोमबार स्थायी कमिटीको बैठकमार्फत आआफ्नै पार्टीमा रहने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई दिएको समर्थन स्थायी कमिटी बैठकले फिर्ता गर्ने संभावना बलियो छ । माओवादी केन्द्रको समर्थन फिर्ता भएसँगै ओली अल्पमतमा पर्नेछन् । समर्थन फिर्ता भएमा उनले एकमहिनाभित्र अनिवार्य रुपमा विश्वासको मत हासिल गर्नुपर्ने हुन्छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीलाई अघि बढाउने रणनीतिबारे पनि छलफल गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  २ : २२ बजे

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज