६ बैशाख २०८१, बिहिबार | April 19, 2024

बुटवलको शैक्षिक पूर्वाधारमा मित्रराष्ट्रको सहयोग, नहरपुर माविलाई भवन बनाउन साढे चार करोड प्रदान



बुटवल । बुटवल उपमहानगरको नहरपुर माविका लागि भवन निर्माण सहयोगार्थ भारत सरकारले करिब साढे चार करोड रुपैयाँ सहयोग गरेको छ ।

बुटवल-११, नहरपुरमा रहेको नहरपुर माविको भवन निर्माणका लागि उक्त रकम सहयोग गरेको छ । विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकमका लागि बुटवल उपमहानगरपालिका, भारतीय राजदुतावास र नेपाल सरकारबीचमा हालै काठमाण्डौंमा सम्झौता भएको बुटवल उपमहानगरपालका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

उक्त विद्यालयका लागि नयाँ भवन बनाउन भारत सरकारले दुताबास मार्फत चार करोड ४१ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ उपलव्ध गराउने विषयमा महत्वपूर्ण सम्झौता भएको प्रमुख सुवेदीले बताए ।

सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका अण्डर सेक्रेटरी प्रल्हादकुमार कार्की, बुटवल उपमहानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र भारत सरकारका तर्फबाट विकास साझेदार हेर्ने पर्फुल्लाहचन्द्र शर्माले हस्ताक्षर गरेका छन ।

नहरपुर माविका प्राचार्य धनिश्वर गौतमले दीर्घकालीन महत्व राख्नेखालको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर व्यवस्थित काम गरिएको बताए । उनले सहयोगका लागि आउने रकमबाट नहरपुर माविमा अब २० कोठाको अत्याधुनिक भवन निर्माण हुने बताए । भवन निर्माणका लागि उपमहानगरपालिकाबाट टेण्डर आह्वान समेत भइसकेको भन्दै उनले पहल गर्ने तीनै तहका जनप्रतिनिधिहरुप्रति आभार प्रकट गरे ।

काठमाडौंमा हालै आयोजित विशेष समारोहमा नेपाल सरकारका प्रतिनिधिको उपस्थितिमा बुटवल उपमहानगरपालिका र भारतीय दुतावासका बीचमा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

बुटवलको शैक्षिक पूर्वाधार विकासमा मित्रराष्ट्र भारतबाट भएको यो महत्वपूर्ण सहयोग प्रति उपमहानगरले आभार प्रकट गरेको छ । नहरपुर मावि २०२७ साल मंसिर २७ गते स्थापना भएको हो । तीन विगाह चार कट्ठा बराबरको क्षेत्रफलमा रहेको यो विद्यालय उपमहानगरको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा विकास भइरहेको छ ।

यहीँ विद्यालयमा अध्यय्न गर्ने मजदुरका सन्तानलाई लुम्बिनी प्रदेश सरकारका मन्त्री लिला गिरी र उपमहानगरका प्रमुख शिवराज सुवेदीले अभिभावकत्व समेत लिएर नियमित चासो राखेकाे प्राचार्य गौतमले बताए । यहाँ आधारभूत देखि कक्षा १२ सम्म गरि एक हजार तीन सय भन्दा धेरै विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

उपमहानगरपालिकाको बजेटमा यहाँ आधुनिक सभाहल निर्माण भइरहेको र विद्यालय परिसर थप व्यवस्थित बनाउने काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : १३ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी