२७ बैशाख २०८३, आइतबार | May 10, 2026

बुटवलको शैक्षिक पूर्वाधारमा मित्रराष्ट्रको सहयोग, नहरपुर माविलाई भवन बनाउन साढे चार करोड प्रदान



बुटवल । बुटवल उपमहानगरको नहरपुर माविका लागि भवन निर्माण सहयोगार्थ भारत सरकारले करिब साढे चार करोड रुपैयाँ सहयोग गरेको छ ।

बुटवल-११, नहरपुरमा रहेको नहरपुर माविको भवन निर्माणका लागि उक्त रकम सहयोग गरेको छ । विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकमका लागि बुटवल उपमहानगरपालिका, भारतीय राजदुतावास र नेपाल सरकारबीचमा हालै काठमाण्डौंमा सम्झौता भएको बुटवल उपमहानगरपालका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

उक्त विद्यालयका लागि नयाँ भवन बनाउन भारत सरकारले दुताबास मार्फत चार करोड ४१ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ उपलव्ध गराउने विषयमा महत्वपूर्ण सम्झौता भएको प्रमुख सुवेदीले बताए ।

सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका अण्डर सेक्रेटरी प्रल्हादकुमार कार्की, बुटवल उपमहानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र भारत सरकारका तर्फबाट विकास साझेदार हेर्ने पर्फुल्लाहचन्द्र शर्माले हस्ताक्षर गरेका छन ।

नहरपुर माविका प्राचार्य धनिश्वर गौतमले दीर्घकालीन महत्व राख्नेखालको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर व्यवस्थित काम गरिएको बताए । उनले सहयोगका लागि आउने रकमबाट नहरपुर माविमा अब २० कोठाको अत्याधुनिक भवन निर्माण हुने बताए । भवन निर्माणका लागि उपमहानगरपालिकाबाट टेण्डर आह्वान समेत भइसकेको भन्दै उनले पहल गर्ने तीनै तहका जनप्रतिनिधिहरुप्रति आभार प्रकट गरे ।

काठमाडौंमा हालै आयोजित विशेष समारोहमा नेपाल सरकारका प्रतिनिधिको उपस्थितिमा बुटवल उपमहानगरपालिका र भारतीय दुतावासका बीचमा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

बुटवलको शैक्षिक पूर्वाधार विकासमा मित्रराष्ट्र भारतबाट भएको यो महत्वपूर्ण सहयोग प्रति उपमहानगरले आभार प्रकट गरेको छ । नहरपुर मावि २०२७ साल मंसिर २७ गते स्थापना भएको हो । तीन विगाह चार कट्ठा बराबरको क्षेत्रफलमा रहेको यो विद्यालय उपमहानगरको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा विकास भइरहेको छ ।

यहीँ विद्यालयमा अध्यय्न गर्ने मजदुरका सन्तानलाई लुम्बिनी प्रदेश सरकारका मन्त्री लिला गिरी र उपमहानगरका प्रमुख शिवराज सुवेदीले अभिभावकत्व समेत लिएर नियमित चासो राखेकाे प्राचार्य गौतमले बताए । यहाँ आधारभूत देखि कक्षा १२ सम्म गरि एक हजार तीन सय भन्दा धेरै विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

उपमहानगरपालिकाको बजेटमा यहाँ आधुनिक सभाहल निर्माण भइरहेको र विद्यालय परिसर थप व्यवस्थित बनाउने काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : १३ बजे

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

पार्टी प्यालेसको विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर