२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राष्ट्रिय दलित पत्रकार संघ नेपालको ऐतिहासिक महाधिवेशन, ४ पुरस्कारसंगै लेखनवृत्ति वितरण हुँदै



बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल फागुन २८,२९ र चैत १ गते हुने प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ ।

बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरि आवश्यक तयारी पूरा भएको दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले बताए । पत्रकारितालाई पेशा, ब्यावसाय मान्न तयार नभएको दलित समुदायहरु पछिल्लो एक दशकमा निक्कै आकर्षक पेशा बन्न सकेको उनले दाबी गरे ।

महाधिवेशनमा देशभरबाट ४ सय बढि पत्रकारहरु सहभागिता हुने उनले बताए। कार्यक्रमको नेकपा नेता तथा पुर्व प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डबाट उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । यसैगरि विभिन्न राजनितिक दलहरुका नेताहरु उद्घाटन सत्रमा उपस्थित हुने उनले बताए ।महाधिवेशनमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ४ वटा पुरस्कार वितरण गरिने उनले बताए ।

टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार(डिबि परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने उनले बताए ।

यसैगरि दलित समदायका संचारकर्मीहरुका लागि लेखनवृत्ति समेत प्रदान गरिने उनले बताए । यसैगरि महाधिवेशनका अवसरमा आमसंचार र समावेशिताको सवाल, मिडियामा महिला, दलित महिला, दलित आन्दोलन युवा र आम संचार विषयमा छुट्टाछुट्टै कार्यशाला गोष्ठी हुने उनले बताए ।

जातिय समानताका लागि समता भोज आयोजना गरिने उनले बताए । दलित समुदायका युवाहरुको सामाजिकसंगै आर्थिक समृद्धिलाई जोड्ने अभियानका रुपमा रहेको उनले बताए । सबै राजनितिक आस्थाका दलित समुदायका पत्रकारहरुको साझा संस्था भएको उनले बताए ।

कार्यक्रममा अध्यक्ष बिनोद परियार, केन्द्रिय उपाध्यक्ष गोपाल बराईली, महाधिवेशन संयोजक रिता बुढाथोकी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य बिक्रम खड्का, जिल्ला उपाध्यक्ष दिनेश पाण्डेले संघ अन्तरगत देशभर ६५ जिल्ला शाखा, सात प्रदेश र काठमाडौं उपत्यका समितिहरु क्रियाशिल छन। संघमा देशभरका झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आवद्ध छन ।

दलित समुदायको भौतिक र नितिगत सहभागिताका लागि जोड दिने रुपमा संघ स्थापना भएको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : २४ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी