१ पुस २०८२, मंगलबार | December 16, 2025

सरकार गठनका लागि एमाले र जसपाले बनायो वार्ता टोली



काठमाडौं । नयाँ सरकार गठनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीले वार्ता टोली गठन गरेको छ । जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका एमालेसँग वार्ताका लागि वार्ता टोली बनाएको छ ।

जसपाका एक नेताका अनुसार सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न २ सदस्यीय समिति गठन गरेको हो । उक्त वार्ता टोलीमा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । त्यस्तै, नेकपा एमालेले भने नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको समिति बनाएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्ने भएकाले जसपालाई सरकारमा ल्याउनका लागि पहल भएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ४२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज