४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता-२०७७ : एभरेष्टको विजयी शुरुवात



बुटवल । बुटवल युथ स्पोर्ट्स क्लबको आयोजनामा बुटवलमा प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता २०७७ शुरु भएको छ ।

मंगलबार एक समारोहका बिच वडा नं १६ का वडाअध्यक्ष रामप्रसाद रेग्मीले एम्पायर मोहमद समिम शाहलाई बल हस्तान्तरण गरि खेल शुुरुवात गरे ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष रेग्मीले बुटवल नगरमा खेल पुर्वाधार विकासमा अग्रसर रहेको बताए । नगरमै क्रिकेट मैदान नभएको बेला वडा नं १६ मा संरक्षण गरी राखिएको नदि उकास क्षेत्रलाई अघि बढाएको बताए । पहिलो वर्ष ५ लाख बजेटमा मैदानको खाल्टो पुर्ने र सामान्य खेल्न मिल्ने तयार भएको बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजु रानाले बताए । यसैगरि उपविजेता २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, ब्याट्सम्यान लाई नगद, कपबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष राकेश अग्रहरी, वडा नं १६ का वडा सदस्य गगन कुमार गुरुङ, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, चिरञ्जीवी ज्ञवालीले खेल विकासमा लागि पुर्वाधारमा जोड दिन आग्रह गरे ।

बुटवल उपमहानगरपालिका वडा नं १६ को खेलमैदानमा भएको उद्घाटन खेलमा एभरेष्ट क्रिकेट क्लब, बुटवल विजयी भएको छ । एभरेष्टले तिलोत्तमा क्रिकेट क्लब, तिलोत्तमालाई ५० रन पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङको निम्तो दिएपछि ब्याटिङ गर्न मैदानमा उत्रेको एभरेष्टले १६ ओभरमा सात विकेटको नोक्सानीमा १ सय १७ रनको स्कोर तयार गरेको थियो । एभरेष्टका रोहितले २५ बलमा ४० रन, १६ बलमा २५ रन जोडेका थिए ।

मध्यम लक्ष्य पछ्याएको तिलोत्तमा १६ ओभरमा केवल ६७ रनमा धरारायी भयो । खेलमा एभरेष्टका युकेश थापा म्यान अफ दी म्याच घोषित भएका थिए उनले खेलमा ४ ओभर बलिङ गर्दै ७ रन खर्चेर ५ विकेट लिएका थिए । उपाधिका लागि जिल्लाका २५ क्लबहरुले भाग लिएका छन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको