१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले गरे कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकन



कोहलपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई बाँकेको कोहलपुरमा सम्मान गरिएको छ । कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनकालागी आइपुगेका कप्तान पौडेललाई स्थानीय सरकारका जनप्रतिनिधि तथा खेलप्रेमीहरुले सम्मान गरेका हुन् ।

क्रिकेट मैदानको अवलोकनकालागी आइपुगेका कप्तान पौडेललाई कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मालगायतले पौडेललाई स्वागत सहित सम्मान गरेका हुन् ।

कप्तान पौडेलको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा राष्ट्रिय टिम छनौट समितिका संयोजक एलवी क्षेत्रीले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई लुम्बिनीको पहिचानका रुपमा प्रवद्र्धन र स्तरोन्नति गराउन आवश्यक रहेको बताइन् । खेलकुद मैदानको प्रवद्र्धनमा खेलाडीहरुको महत्वपूर्ण भूमिका रहने उनले बताइन् । कोहलपुर नगरपालिकाले हरेक वर्ष उपमेयर कप क्रिकेट प्रतियोगिता गराउँदै आएको बताउँदै उनले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानकालागि समेत नगरपालिकाबाट बजेट विनियोजन गरिने बताइन् ।

कोहलपुर नगरपालिकाले शिक्षा र खेलकुदका क्षेत्रमा ठूलो लगानी गरिरहेको उनको भनाई थियो ।

कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माले स्थानियस्तरबाटै खेलाडी उत्पादनकालागी राज्यले लगानी गर्नुपर्ने धारणा राखे ।

पौडेलले ८ फेब्रुअरी २०१८ मा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा नेपालका लागि लिस्ट ए बाट क्रिकेटमा डेब्यू गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : २८ बजे

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर