१२ असार २०८३, शुक्रबार | June 26, 2026

प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता-२०७७ : एभरेष्टको विजयी शुरुवात



बुटवल । बुटवल युथ स्पोर्ट्स क्लबको आयोजनामा बुटवलमा प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता २०७७ शुरु भएको छ ।

मंगलबार एक समारोहका बिच वडा नं १६ का वडाअध्यक्ष रामप्रसाद रेग्मीले एम्पायर मोहमद समिम शाहलाई बल हस्तान्तरण गरि खेल शुुरुवात गरे ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष रेग्मीले बुटवल नगरमा खेल पुर्वाधार विकासमा अग्रसर रहेको बताए । नगरमै क्रिकेट मैदान नभएको बेला वडा नं १६ मा संरक्षण गरी राखिएको नदि उकास क्षेत्रलाई अघि बढाएको बताए । पहिलो वर्ष ५ लाख बजेटमा मैदानको खाल्टो पुर्ने र सामान्य खेल्न मिल्ने तयार भएको बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजु रानाले बताए । यसैगरि उपविजेता २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, ब्याट्सम्यान लाई नगद, कपबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष राकेश अग्रहरी, वडा नं १६ का वडा सदस्य गगन कुमार गुरुङ, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, चिरञ्जीवी ज्ञवालीले खेल विकासमा लागि पुर्वाधारमा जोड दिन आग्रह गरे ।

बुटवल उपमहानगरपालिका वडा नं १६ को खेलमैदानमा भएको उद्घाटन खेलमा एभरेष्ट क्रिकेट क्लब, बुटवल विजयी भएको छ । एभरेष्टले तिलोत्तमा क्रिकेट क्लब, तिलोत्तमालाई ५० रन पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङको निम्तो दिएपछि ब्याटिङ गर्न मैदानमा उत्रेको एभरेष्टले १६ ओभरमा सात विकेटको नोक्सानीमा १ सय १७ रनको स्कोर तयार गरेको थियो । एभरेष्टका रोहितले २५ बलमा ४० रन, १६ बलमा २५ रन जोडेका थिए ।

मध्यम लक्ष्य पछ्याएको तिलोत्तमा १६ ओभरमा केवल ६७ रनमा धरारायी भयो । खेलमा एभरेष्टका युकेश थापा म्यान अफ दी म्याच घोषित भएका थिए उनले खेलमा ४ ओभर बलिङ गर्दै ७ रन खर्चेर ५ विकेट लिएका थिए । उपाधिका लागि जिल्लाका २५ क्लबहरुले भाग लिएका छन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ५३ बजे

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस