१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिए



काठमाडौं । इटालियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरेको युभेन्टस समग्रमा ४-४ को बराबरी भएपछि अवे गोलको आधारमा पोर्टो क्वाटरफाइनलमा पुगेको हो ।

१० खेलाडीमा सिमित रहेको पोर्टोले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै युभेन्टसलाई च्याम्पियन्स लिगबाट बाहिर पठाएको थियो । यसअघि युभेन्टसले निर्धारित ९० मिनेटमा फेडेरिको चेइसाको दुई गोलबाट २-१ को अग्रता लिदै समग्रमा खेल ३-३ को बराबरी भएको थियो ।

पोर्टोका सर्जियो ओलिभेरियाले खेलको १९औ मिनेटमा गोल गरेका थिए । पोर्टोका मेहदी टारेमिले खेलको ५४औ मिनेटमा रातो कार्ड पाएका थिए ।

अतिरिक्त समयमा पोर्टोले ११५ मिनेटमा गोल फर्काएको थियो भने युभेन्टसका लागि ११७ मिनेटमा अड्रीएन राबिओटले गोल गरेका थिए ।

योसँगै युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । योसँगै क्रिस्टियानो रोनाल्डोसँगै युभेन्टसको च्याम्पियन्स लिग जित्ने यस बर्षको सपना अधुरो रहेको छ । युभेन्टसले अन्तिम पटक सन १९९६ मा च्याम्पियन्स लिग जितेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : १६ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७