८ माघ २०८२, बिहिबार | January 23, 2026

मुस्कानलाई अमेरिकाद्वारा साहसी महिलाको सम्मान



काठमाडौं । पालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडेनले सो सम्मान प्रदान गरिन् ।

त्यस क्रममा बाइडेनले यसपालिको सम्मान पाउनेहरूका फरक-फरक कथा रहेको बताइन् । तर सबै फरक पृष्ठभूमिका भए पनि भयरहित भएर काम अगाडि बढेका परीजस्तै रहेको उनले सुनाइन् । नेपालबाट मुस्कान र नेपालका प्रधानमन्त्री तथा अन्य उच्च नेतृत्वले भिडियो सन्देशमार्फत सम्मानका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

पुरस्कारबाट नेपाली चेली मुस्कानलाई सम्मान गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारको सराहना गरे । उनले भने, ‘एसिड आक्रमणको पीडालाई संघर्षमा बदल्दै सो पुरस्कारबाट सम्मानित भएकी हाम्री छोरी मुस्कानलाई सरकार र सम्पूर्ण जनताको तर्फबाट बधाई ज्ञापन गर्दछु ।’

तेजाब आक्रमण जस्तो जघन्य अपराध बेलैमा नियन्त्रण गर्न नसके यसले भयावह रूप लिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसविरुद्ध कानुन ल्याउन सघाएकाहरूको सराहना गरे ।

नेपालले तेजाब आक्रमणमा कठोर सजाय र बिक्री वितरणमा समेत कडाइ गरेको जानकारी दिए । पीडितलाई स्वास्थ्य उपचारदेखि उनीहरूको पुनःस्थापनाको व्यवस्था कानूनमा गरिएको जानकारी उनले दिए । नेपाल सरकार कानूनको पूर्णपालनामार्फत जघन्य अपराधको नियन्त्रणमा क्रियाशील रहेको भन्दै मुस्कानको सफलताले हौसला मिलेको सुनाए ।

अमेरिकी विदेशसचिव एन्टोनी ब्लिकनले महिला भएकै कारण उनीहरूले कामका क्रममा र अन्य गतिविधिका क्रममा विभिन्न खालको विभेद भोग्नु नपरोस् भनेर आफ्नो पीडालाई दबाउँदै हिम्मत देखाउने महिला र किशोरीलाई यो सम्मान तथा पुरस्कार प्रदान गरिएको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्कानको सफलताप्रति खुशी व्यक्त गर्दै अमेरिकी सरकारलाई सम्मानका लागि धन्यवाद दिए । उनले नेपाल सरकारले तेजाब आक्रमणविरुद्ध ल्याएको अध्यादेशलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्कानको साहसको सराहना गर्दै नेपालकी छोरीले अमेरिकी सरकारबाट सम्मान पाउनु गर्वको कुरा रहेको उल्लेख गरे । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तेजाब आक्रमणमा परेर पनि साहस देखाउने मुस्कान खातुनको प्रयासले अन्य महिला र किशोरीलाई प्रेरणा दिएको बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ५६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा