६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

मुस्कानलाई अमेरिकाद्वारा साहसी महिलाको सम्मान



काठमाडौं । पालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडेनले सो सम्मान प्रदान गरिन् ।

त्यस क्रममा बाइडेनले यसपालिको सम्मान पाउनेहरूका फरक-फरक कथा रहेको बताइन् । तर सबै फरक पृष्ठभूमिका भए पनि भयरहित भएर काम अगाडि बढेका परीजस्तै रहेको उनले सुनाइन् । नेपालबाट मुस्कान र नेपालका प्रधानमन्त्री तथा अन्य उच्च नेतृत्वले भिडियो सन्देशमार्फत सम्मानका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

पुरस्कारबाट नेपाली चेली मुस्कानलाई सम्मान गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारको सराहना गरे । उनले भने, ‘एसिड आक्रमणको पीडालाई संघर्षमा बदल्दै सो पुरस्कारबाट सम्मानित भएकी हाम्री छोरी मुस्कानलाई सरकार र सम्पूर्ण जनताको तर्फबाट बधाई ज्ञापन गर्दछु ।’

तेजाब आक्रमण जस्तो जघन्य अपराध बेलैमा नियन्त्रण गर्न नसके यसले भयावह रूप लिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसविरुद्ध कानुन ल्याउन सघाएकाहरूको सराहना गरे ।

नेपालले तेजाब आक्रमणमा कठोर सजाय र बिक्री वितरणमा समेत कडाइ गरेको जानकारी दिए । पीडितलाई स्वास्थ्य उपचारदेखि उनीहरूको पुनःस्थापनाको व्यवस्था कानूनमा गरिएको जानकारी उनले दिए । नेपाल सरकार कानूनको पूर्णपालनामार्फत जघन्य अपराधको नियन्त्रणमा क्रियाशील रहेको भन्दै मुस्कानको सफलताले हौसला मिलेको सुनाए ।

अमेरिकी विदेशसचिव एन्टोनी ब्लिकनले महिला भएकै कारण उनीहरूले कामका क्रममा र अन्य गतिविधिका क्रममा विभिन्न खालको विभेद भोग्नु नपरोस् भनेर आफ्नो पीडालाई दबाउँदै हिम्मत देखाउने महिला र किशोरीलाई यो सम्मान तथा पुरस्कार प्रदान गरिएको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्कानको सफलताप्रति खुशी व्यक्त गर्दै अमेरिकी सरकारलाई सम्मानका लागि धन्यवाद दिए । उनले नेपाल सरकारले तेजाब आक्रमणविरुद्ध ल्याएको अध्यादेशलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्कानको साहसको सराहना गर्दै नेपालकी छोरीले अमेरिकी सरकारबाट सम्मान पाउनु गर्वको कुरा रहेको उल्लेख गरे । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तेजाब आक्रमणमा परेर पनि साहस देखाउने मुस्कान खातुनको प्रयासले अन्य महिला र किशोरीलाई प्रेरणा दिएको बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ५६ बजे

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको