६ पुस २०८२, आइतबार | December 21, 2025

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, अपरान्हपछि मेघ गर्जन र चट्टयाङसहित वर्षा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागहरूमा आंशिक बदली हुने सम्भावना छ ।

अपरान्हपछि देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागहरुको एक, दुई स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ५९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा