१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड तथा वीच्याट पे सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एंव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा क्युआर कोड तथा वीच्याट पे (We Chat Pay) सेवा सुरु गरेको छ ।

स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अव क्युआर कोडको माध्यमबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा क्यु.आर कोड सेवा प्रदान गर्दै आएको छ । अन्य क्षेत्रहरु प्हिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने उद्धेश्यले लुम्बिनीमा उक्त सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ । यो सेवा संचालन भएपछि मायादेवी मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्युआर कोड तथा चिनियाँ पर्यटकले We Chat Pay को माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्छन् ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ । यस्तै अन्य डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु पनि बैंकले आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : ०८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान