१ माघ २०८२, बिहिबार | January 15, 2026

शिवरात्रीको पूर्व संध्यामा नागेश्वर दर्शन धामद्धारा दाता सम्मान तथा धार्मिक सभा सम्पन्न



शुद्धोधन । नागेश्वर दर्शन धाम विकास समिति शुद्धोधन-६ गुरौलीको आयोजनामा नागेश्वर मन्दिरको स्तर उन्नतीका लागि आर्थिक सहयोग गर्ने दाताहरु सम्मान तथा धार्मिक सभा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७० बर्ष माथिका ३९ जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा मन्दिर स्थापनाका लागि भुमिदान गर्नु श्रीराम लोध, रामलाल लोध, सुख्खु लोध, पिताम्बर लोधलाई सम्मान गरिएको थियो भने कार्यक्रममा मन्दिर निर्माणका क्रममा आर्थिक सहयोग गर्नु दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नागेश्वर दर्शन धामलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने योजना अनुरुपको आसय सहितको मागपत्र प्रदेश सासद तुलसी प्रसाद चौधरी, शुद्धोधन ५ अध्यक्ष पुण्यराम गौतम, शुद्धोधन ६ अध्यक्ष जय शंकर पाठकलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको कार्यक्रम संयोजक केशबराज कडेलले जानकारीे दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सासद तुलसी प्रसाद चौधरीले संस्थाले माग गरेका कुरा धेरै राम्रो रहेको तर दानब करीडोरको काम अगाडि बढीसकेको हुनाले मन्दिरको बिकल्प खोजी गरि योजना अनुरुपको काममा अगाडि बढ्नुपर्ने र मन्दिरका लागि जग्गाको जोहो गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा शुद्धोधन-६ का अध्यक्ष जयशंकर पाठकले नियमसंगत रुपमा माग पेश गरेकोमा हार्दिक आभार सहित योजना पूरा गर्न यथासक्य प्रयास गर्ने प्रतिवद्धता जनाए । उक्त कार्यक्रममा शुद्धोधन-५ का वार्ड अध्यक्ष पुण्यराम गौतमले योजना अनुरुपको काम पुरागर्न वडाको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

नागेश्वर दर्शन धाम र नागेश्वर टोल बिकास संस्थाका अध्यक्ष बौद्धलाल शर्माको अध्यक्षता, पण्डित टिकाराम कडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेडियो शुद्धोधनका सञ्चारकर्मि महेन्द्र गौतमले गरेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ०५ बजे

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-९ सोनयाहीमा आज ट्रक दुर्घटना

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र