६ श्रावण २०८३, बुधबार | July 22, 2026

शाइन रेसुंगा बैंकको शाखा महेन्द्रनगरमा



बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूर पश्चिम प्रदेशको भीमदत्त नगरपालिका महेन्द्रनगरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सुदूर पश्चिम प्रदेशमा यो पहिलो शाखा हो ।

शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्तरुपमा बुधबार उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै मेयर विष्ट र अध्यक्ष मल्लले उद्योग,पर्यटन,कृषि र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न बैंकलाई सुझाव दिएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले काठमाडौं बाहिरको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक शाइन रेसुंगाले सातै प्रदेशमा बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य सहित अघि बढेको र डिजिटल बैकिङ तथा वित्तीय साक्षरतालाई प्राथमिकता दिएको बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले स्थानीय माग र आवश्यकता अनुसार निक्षेप र कर्जाका विविध प्रडक्ट बैंकसंग भएको उल्लेख गर्दै यसबाट लाभ लिन आग्रह गरे ।

३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् । योसंगै बैंकका ७६ शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेलले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : २९ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९