२२ बैशाख २०८१, शनिबार | May 4, 2024

शाइन रेसुंगा बैंकको शाखा महेन्द्रनगरमा



बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूर पश्चिम प्रदेशको भीमदत्त नगरपालिका महेन्द्रनगरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सुदूर पश्चिम प्रदेशमा यो पहिलो शाखा हो ।

शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्तरुपमा बुधबार उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै मेयर विष्ट र अध्यक्ष मल्लले उद्योग,पर्यटन,कृषि र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न बैंकलाई सुझाव दिएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले काठमाडौं बाहिरको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक शाइन रेसुंगाले सातै प्रदेशमा बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य सहित अघि बढेको र डिजिटल बैकिङ तथा वित्तीय साक्षरतालाई प्राथमिकता दिएको बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले स्थानीय माग र आवश्यकता अनुसार निक्षेप र कर्जाका विविध प्रडक्ट बैंकसंग भएको उल्लेख गर्दै यसबाट लाभ लिन आग्रह गरे ।

३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् । योसंगै बैंकका ७६ शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेलले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : २९ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा