१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवल उद्योग वाणिज्य संघको पद हस्तान्तरण



बुटवल । बुटवल उद्योग बाणिज्य संघको नव निर्वाचित कार्य समितिले आजबाट पदभार ग्रहण गरेको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई आज एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो ।

नव निर्वाचित अध्यक्ष उज्वल कसजुलाई निवर्तमान बनेका अध्यक्ष खिमबहादुर हमालले पद हस्तान्तरण गरेका थिए ।

पद हस्तान्तरण कार्यक्रममा शुभकामना दिने वक्ताहरूले संघको आगामी कार्यकाल व्यवसायी मुखी र विकास मुखी बन्न सकोस् भनेर शुभकामना दिएका थिए ।

नव निर्वाचित कार्यसमितिलाई बधाई दिंदै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले व्यवसायीक प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष कसजुले आफू र आफ्नो कार्यसमिति ब्यवसायीको हकहित संरक्षणमा कटिबद्ध रहेको बताए ।

कार्यसमितिलाई पूर्व अध्यक्षहरूको तर्फबाट जीवन ओझा, जनप्रतिनिधिको तर्फबाट टंक पराजुली, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारी लगायतले सफल कार्यकालको शुभकामना दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ३० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान