३ आश्विन २०८३, शनिबार | September 19, 2026

बुटवल उद्योग वाणिज्य संघको पद हस्तान्तरण



बुटवल । बुटवल उद्योग बाणिज्य संघको नव निर्वाचित कार्य समितिले आजबाट पदभार ग्रहण गरेको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई आज एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो ।

नव निर्वाचित अध्यक्ष उज्वल कसजुलाई निवर्तमान बनेका अध्यक्ष खिमबहादुर हमालले पद हस्तान्तरण गरेका थिए ।

पद हस्तान्तरण कार्यक्रममा शुभकामना दिने वक्ताहरूले संघको आगामी कार्यकाल व्यवसायी मुखी र विकास मुखी बन्न सकोस् भनेर शुभकामना दिएका थिए ।

नव निर्वाचित कार्यसमितिलाई बधाई दिंदै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले व्यवसायीक प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष कसजुले आफू र आफ्नो कार्यसमिति ब्यवसायीको हकहित संरक्षणमा कटिबद्ध रहेको बताए ।

कार्यसमितिलाई पूर्व अध्यक्षहरूको तर्फबाट जीवन ओझा, जनप्रतिनिधिको तर्फबाट टंक पराजुली, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारी लगायतले सफल कार्यकालको शुभकामना दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ३० बजे

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज