१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमाले फर्केका नेताहरुलाई आत्मालोचनाको मौका दिन्छौं : ईश्वर पोखरेल



वीरगन्ज । उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेलले मुलुक फेरि ताजा जनादेशतर्फ जाने बताएका छन् ।

वीरगन्जमा प्रेस संगठनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले संसदले सहज निकास नदिए ताजा जनादेशको विकल्प नभएको बताएका हुन् ।

पोखरेलले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने र लिन नसकेको खण्डमा अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास हुने बताए । त्यो पनि हुन नसकेमा देश चुनावमा जाने अवस्था सिर्जना हुने उनले बताए । संसदले निकास दिन नसके ताजा जनादेशमा जानुको विकल्प नभएको उनको भनाइ थियो ।

पोखरेलले भने, ‘माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ, पाउनुभयो भने ठीकै छ । हैन भने राजीनामा दिनुहुन्छ । त्यसपछि संविधानको धारा ०७६ को उपधारा २ अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ । सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन ।’

एमाले महासचिव पोखरेलले प्रधानमन्त्री विरुद्ध लागेका नेताहरुलाई पार्टीमा एकपटक आत्मालोचनाको मौका दिइने बताए । ‘पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालको विषयमा ठोस निर्णय गरी पार्टीले एक पटकको लागि आत्मआलोचना गर्न मौका दिने विषयमा छलफल भैरहेको छ’, उनले भने, एमालेको लाइन बिर्सेर माओवादीतिर लागेका साथीहरुको बारेमा पार्टीको केन्द्रीय कमिटीले जे निर्णय गर्छ त्यही अनुसार स्थान दिइनेछ ।’ माओवादी छोडेर एमाले बनेकाहरुलाई भने उचित सम्मान र स्थान दिइने पोखरेलले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ११ : २६ बजे

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै