३० चैत्र २०८२, सोमबार | April 13, 2026

माधव नेपाल पक्षलाई नविच्क्याउन कार्यकर्तालाई प्रचण्डको निर्देशन



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा माधव नेपाल पक्षलाई नविच्क्याउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बुटवलमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माधव नेपाल र आफुहरु आन्दोलनकारी शक्ति भएका कारण उनीहरुलाई पिच्च पर्ने कुनै काम नगर्न निर्देशन दिएका हुन् ।

प्रचण्डले एमाले पार्टी पहिलो जस्तो एमाले नरहने दाबी गर्दै नेपाल पक्षले ओली प्रवृत्ति विरुद्ध विजय प्राप्त गर्ने या विद्रोह गर्ने जिकिर गरे । नेपालहरु अहिले पनि कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्नेमा रहेको बताउँदै उनले भने, ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ । यही स्थितिमा एमाले रहँदैन ।’

पुष ५ पछि ओलीको प्रतिगमन विरुद्ध देशव्यापी आन्दोलनमा सँगै हिँड्दा माधव नेपाल र भलनाथ खनालसँग भावनात्मक सम्बन्ध बढेको उनले जिकिर गरे । माधव नेपालहरुसँग भएका कार्यकर्तालाई पार्टीमा राख्नुअघि एकपटक हेडक्वाटरसँग सम्पर्क गर्न उनले आग्रह गरे ।

अध्यक्ष प्रचण्डले अब सक्रियतापूर्वक देशभर संगठन निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाए । उनले आफु काठमाडौं छोडेर जिल्लामा बस्ने र माओवादी केन्द्रलाई पुनः एक नम्वरको पार्टी बनाउने दाबी गरे । अझै दुई तीन वर्ष दुःख गर्ने हो भने पार्टी एक नम्वरको बनाउनसक्ने उनको दाबी थियो ।

अध्यक्ष प्रचण्डले ओली पक्षमा नेताहरुलाई फर्काउन कुनै पहल नगर्ने स्पष्ट पारे । विगतमा बिग्रेर गएकाहरुलाई फकाउन आफुले धेरै प्रयत्न गरेको भन्दै उनले बद्मासी गरेकाहरुलाई ल्याएर गृहमन्त्रीसमेत बनाएपनि फेरि धोखा दिएको बताए । उनले भने, बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु मेरो गल्ती भयो । अरु त अरु दुई जना मान्छे नभएकालाई समेत ल्याएर स्थायी समिति सदस्य बनाएको अहिले त मन्त्री खान गए ।’ उनले आफुलाई साथ दिनेहरुलाई, दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने मशसुस हुनेगरेको आत्मसमीक्षा समेत गरे ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना भएपनि प्रतिक्रियावादीहरुको षड्यन्त्र अझै समाप्त नभएको बताए । षड्यन्त्रबाट वच्न कार्यकर्ताहरुलाई अलर्ट रहन पनि उनले निर्देशन दिए । उनले भने, ‘हामीले रिल्याक्स गर्ने र काम पूरा भएको नसोचौं । हाई अलर्टमा बस्नुपर्ने छ । पूरै चनाखो बन्नुपर्ने छ ।’

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : ०० बजे

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख