२८ भदौ २०८३, आइतबार | September 13, 2026

पाँच अर्ब बढी मूल्य पर्ने साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ



काठमाडौं । नेपालमा पहिलो पटक अति संवेदनशीन युरेनियमको अवैध कारोबार हुने गरेको पुष्टि भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साढे दुई किलो युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले ठूलो परिणाममा युरेनियम जफत गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा एआईजी हरिबहादुर पालले साढे दुई किलो युरेनियमसहित चार जनालाई बिहीबार पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन्।

प्रहरीका अनुसार नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशीका हुन् भने चौहान रामेछापको बागजोरका हुन् । यसैगरी न्यौपाने सिन्धुलीको सुनकोशीका हुन्। जफत गरिएको युरेनियमको मूल्य पाँच अर्ब रुपैयाँभन्दा बढी हुने एआईजी पालले बताए ।

राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा प्राकृतिक युरोनियम भएको पाइएको एआईजी पालले बताए ।

बरामद युरेनियम प्रशोधन नगरिएको युरेनियम २३८ हो । यसलाई प्रशोधन गरेपछि युरेनियम २३५ बनाइन्छ ।

लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ। १० ग्राम युरेनियम २३५ को मूल्य २० लाख ९ हजार डलर अर्थात् १८ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ।

युरेनियम आणविक उर्जा बनाउन प्रयोग गरिन्छ । अमेरिका, रुस, चीन, उत्तर कोरिया, भारत, पाकिस्तान जस्ता मुलुकसँग यही युरेनियमबाट तयार पारिएका घातक आणविक बम रहेका छन् । युरेनियम सबैभन्दा मूल्यवान धातु हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ३५ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू