१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

खजुरामा अन्तर विद्यालय रनिङ शिल्ड प्रतियोगिता शुरु



नेपालगन्ज । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आज शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । खजुरा गाउँपालिका वडा नं. ४ स्थित जनकल्याण मावि बद्रीपुरमा संचालन हुने प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक समारोहका वीच उदघाटन गरे ।

उदघाटन कार्यक्रमलाई समबोधन गर्दै सांसद गौतमले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकास गर्ने बताए । उनले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन र त्यसको पहिलो जग रनिङ शिल्ड भएको उल्लेख गरे ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले तीन वर्षको दौरानमा रनिङ शिल्ड प्रतियोगितामा खजुरा क्षेत्रका विद्यालय र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिँदै खेल र शैक्षिक महोत्सव गरिँदै आएको बताए ।

अध्यक्ष कक्षपतिले खजुरामा खेल संरचना, खेलाडी उत्पादन र खेलाडीवीचको प्रतिस्पर्धामार्फत खेल विकास गरी खजुरालाई खेलकुद हबका रुपमा समेत विकास गरिने बताए ।

स्वागत मन्तव्य दिँदै शिक्षा समिति सदस्य भक्तबहादुर केसीले तेस्रो वर्षसम्म आइपुग्दा प्रतियोगिता स्थापित भएको र विद्यार्थीमा खेलकुदको विकास हुँदै गएको उल्लेख गरे ।

कार्यक्रममा स्वागत गीत, झाँकी र नृत्यमार्फत सहभागीहरुलाई स्वागत गरिएको थियो । विद्यार्थीले गरेको मार्चपास सहितको सलामी कार्यक्रमको मूख्य आकर्षण बनेको थियो । उदघाटन समारोहमा धन्यवाद ज्ञापन गर्दै संचालन तथा व्यवस्थापन विद्यालय जनकल्याण माविका प्रधानाध्यापक भीमबहादुर थापाले कार्यक्रम सफल बनाउन आआफ्नो तप्काबाट लाग्ने सबैलाई धन्यवाद दिए । शुक्रबार नै एथलेटिक्स, भलिबल लगायतका विभिन्न खेल संचालन गरिएको छ । प्रतियोगितामा खजुरा क्षेत्रका संस्थागत, निजी र मदरसा गरी ६५ विद्यालयका ४७५ छात्रा र ५४१ छात्र गरी १ हजार १६ जना खेलाडी सहभागी
छन् ।

यो प्रतियोगितामा माध्यमिक तह (कक्षा ९­ १२) र आधारभूत तह (कक्षा ६­८) गरी दुई ओटा रनिङ शिल्डका लागि प्रतिष्पर्धा हुनेछ भने आधारभूत तह (कक्षा १­५) का लागि सहायक खेलहरु खेलाइने छ । मा.वि तर्फ एथलेटिक्स,भलिवल,कपड्डी र मार्शल आर्ट (जुडो) खेलका १६ इभेन्ट्स,आधारभूत तह कक्षा ६­८ तर्फ एथलेटिक्सका १० इभेन्ट्स र आधारभूत तह कक्षा १­५ तर्फ,४ह५० मि.रिले,१०० मि.दौड,चम्चा दौड ३० मि. र कुर्सी दौड खेलका ५ इभेन्ट्स गरी जम्मा ३१ ओटा खेलहरु राखिएका छन् । गत संस्करण्मा जम्मा ६४ इभेन्ट्स समेटिएका थिए तर यस वर्ष कोभिड १९ को विषम परिस्थितिका कारण ३ दिनमा जम्मा ३१ खेल मात्र खेलाइने छ । यो खेललाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूदको छनौट खेलको रुपमा लिइएको छ ।

खेलको दौरानमा खेलाडीलाई चोटपटक लाग्न सक्ने सम्भावनालाई ख्याल राख्दै ५० जना खेलाडीहरुको खेल अवधिभर रु.५ लाख सम्मको उपचार विमा गरिएको छ । प्रतियोगिताका प्रथम,द्धित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मा.वि.(कक्षा९­ १२) तर्फ क्रमशःरु.२५,०००।­,रु.१५,०००।­ र १०,०००।­ ,आधारभूत तह (कक्षा ६­८) रु.१५,०००।­,रु.१०,०००।­ ,रु ७,०००।­ नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी आधारभूत (१–५) मा प्रथम,द्धित्तीय र तृतीयलाई क्रमशःरु.१०,०००।–,७०००।– र रु.५०००।– नगद पुरस्कार,प्रमाणपत्र र ट्र«फी प्रदान गरिने छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : २७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग