११ श्रावण २०८३, सोमबार | July 27, 2026

निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो : वरिष्ठ उपाध्यक्ष ढकाल



वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजीक्षेत्र भनेको देशको आर्थिक विकासका रियल एक्टर भएको बताएका छन् ।

वीरगन्ज उद्योगवाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई शुक्रबार प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले देशको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय भएको बताएका हुन् । ‘निजी क्षेत्रले रोजगारी सिर्जना गर्न र मुलुकको राजस्वमा योगदान पुरयाउन र पूर्वाधार निर्माणमा मुख्य भूमिका खेलेको छ’, ढकालले भने, ‘त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो।’

वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट गरे । ढकालले नेपालमा कर तिर्ने देशहरुको हिसाबमा १९० देशभित्र १७५ स्थानमा रहेको जानकारी गराउँदै यसमा सुधार ल्याउनुपर्ने बताए । त्यस्तै लजिस्टिकको हिसाबले ११४ वटा देशलाई तुलना गर्दा १०८ औँ नम्बरमा परेको अवस्था राम्रो नरहेको पनि उनको भनाइ थियो ।

ढकालले यी तथ्यांकमा सुधारका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे । उनले भने, ‘यस तथ्याकंले व्यवसायिक गतिविधिलाई बढाउनको लागि धेरै पछाडि पारेको छ । देशमा लगानीको वातावरण निर्माण गर्न र निजी क्षेत्र मैत्री नीतिकोअख्तियार गर्न देशका तीन तहका सरकारले सहज र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ ।’

तीन तहको सरकारको मेकानिजम देशमा व्यावसायलाई प्रमोट गर्ने हिसाबको हुनुपर्ने उनको सुझाव थियो। उनले भने, ‘नेपालमा एउटा सानो आइपियो खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ यसबाट हामीसँग कतिधेरै पैसा छ भन्ने स्पष्ट हुन्छ।’ यो अवस्था भनेको नागरिक लगानीका लागि आतुर भएको अवस्था हो भन्ने बुझेर देशले स्वदेशी र विदेशी लगानीका लागि इन्करेज हुने खालको नीति, नियम तथा वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको सदस्यको रुपमा वीरगन्ज उद्योग वाणिज्य संघले सक्रिय रुपमा काम गरेको बताए । उनले आगामी दिनमा वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गरेर व्यवसायिक गतिविधिलाईअझै सक्रिय रुपमा अगाडि बढाउने जनाए । उद्योग व्यवसायका क्षेत्रमा भएका सबै समस्या र मुद्दाहरुलाई नियममनकारी निकायमा लग्नका वीगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले पनि सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता ढकालले व्यक्त गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ७ : ०८ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न