६ श्रावण २०८३, बुधबार | July 22, 2026

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक



काठमाडौं । आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन ।

जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दिएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यपुस्तकको अभाव हुन नदिइने प्रतिबद्धता जनाए । यसका लागि कुनै समस्या नरहेको उनले बताए ।

त्यसका लागि चैत र वैशाख महिनाभित्र पाठ्यपुस्तकको छपाइ पूरा गर्ने केन्द्रको योजना छ । कक्षा ६ बाहेक अब झन्डै १० लाख थान पुस्तक छपाइ गर्न बाँकी रहेको जनाइएको छ ।

गत वर्ष एक करोड ६३ लाख थान पाठ्यपुस्तक छपाइ कार्य केन्द्रले पूरा गरिएको थियो । यस पटक पनि त्यसलाई नै आधार मानेर पुस्तक प्रकाशन गरिने जनाइएको छ ।

जेठ महिनामा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेपछि असार १ गतेबाट सुरु हुने शैक्षिक सत्रलाई सहज तरिकाले अगाडि बढाउन सकिने उनको भनाइ छ ।

सरकारले यस पटक जेठ महिनाभरि विद्यालय तहको वार्षिक परीक्षा पूरा गरी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिसकेको छ । यसको कार्यान्वयनका लागि जनक शिक्षाका तर्फबाट आवश्यक काम गरिने जनाइएको छ ।

विद्यालय तहको पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मेवारी केन्द्रलाई दिइएको छ । सोअनुसार हाल कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनिवार्य विषयका विद्यार्थीको पुस्तक छपाइ तथा बिक्रीवितरणको कार्य गरेको थियो ।

अब कक्षा १२ का अनिवार्य विषयको पुस्तकसमेत छपाइ गर्ने योजना छ । कक्षा ११ र १२ विद्यालय शिक्षामा आएपछि केन्द्रको जिम्मेवारी थप गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : १८ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज