११ बैशाख २०८१, मंगलबार | April 23, 2024

भारतविरूद्धको टी-२० सिरिजमा इङल्याण्डको विजयी शुरुवात



काठमाडौं । इङल्याण्डले भारतविरूद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा इङल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १२५ रनको लक्ष्य पछाएको इङल्याण्डले १५.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । इङल्याण्डका लागी जासन रोयले ४९, जोनी बैरस्ट्रवले अविजित २६, जोस बटलरले २८ र डेविड मलानले अविजित २४ रन बनाए । भारतका बलर युजवेन्द्र चहल र वाशिंटन शुन्दरले एक एक विकेट लिए ।

यस अघि टस हारेर अहिल ब्याटिंग गरेको भारतले २० ओभरमा विकेट गुमाउदै १२४ रन बनाएको थियो । भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ६७ रन बनाए भने ऋषव पन्तले २१ र हार्दिक पाण्डेयले १९ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । इङल्याण्डका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने आदील राशिद, मार्क वूड, क्रिस जोर्डन र बेन स्टोकले एक एक विकेट लिए ।

यो जितपछि इङल्याण्ड ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल १४ मार्चमा हुने छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ४८ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम