२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

भारतविरूद्धको टी-२० सिरिजमा इङल्याण्डको विजयी शुरुवात



काठमाडौं । इङल्याण्डले भारतविरूद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा इङल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १२५ रनको लक्ष्य पछाएको इङल्याण्डले १५.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । इङल्याण्डका लागी जासन रोयले ४९, जोनी बैरस्ट्रवले अविजित २६, जोस बटलरले २८ र डेविड मलानले अविजित २४ रन बनाए । भारतका बलर युजवेन्द्र चहल र वाशिंटन शुन्दरले एक एक विकेट लिए ।

यस अघि टस हारेर अहिल ब्याटिंग गरेको भारतले २० ओभरमा विकेट गुमाउदै १२४ रन बनाएको थियो । भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ६७ रन बनाए भने ऋषव पन्तले २१ र हार्दिक पाण्डेयले १९ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । इङल्याण्डका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने आदील राशिद, मार्क वूड, क्रिस जोर्डन र बेन स्टोकले एक एक विकेट लिए ।

यो जितपछि इङल्याण्ड ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल १४ मार्चमा हुने छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ४८ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री