१ पुस २०८२, मंगलबार | December 16, 2025

बिहानै बोलायो माओवादी केन्द्रले स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बिहानै बस्ने भएको छ । परिवर्तित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गनै भन्दै माओवादी केन्द्रले आज बिहानै स्थायी कमिटी बैठक बोलाएको हो ।

बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमाले भित्रका पार्टी एकताका पक्षधर नेपाल समूहको जिम्मेवारी खोसिएको विषयमा छलफल गर्ने बताइएको छ। बैठकमा शुक्रबार सम्पन्न कांग्रेस र जसपासँगको वार्ताको समिक्षा पनि गरिने कार्यक्रम रहेको छ ।

बैठकमा नयाँ सरकार गठनमा जसपा र कांग्रेससँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा पनि रणनीति तय गरिने माओवदी केन्द्रका एक नेताले बताए ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार एकैदिन आफूपक्षीय दुईवटा केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालगायत पूर्वमाओवादीबाट २३ नेतालाई केन्द्रीय सदस्य बनाएको सम्बन्धमा पनि छलफल हुने ती नेताले बताए ।

माओवादी केन्द्रको आज बिहान बस्ने स्थायी कमिटी बैठकले एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी गरेको छ।

दलिय संरचनामा पार्टीले एमालेमा प्रवेश गरेकाहरुलाई कारवाही गरे उनीहरु पदमुक्त हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज