१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

सन्यास लिएपछि पनि छुटेन शक्तिको क्रिकेट मोह, ग्रास रुटबाट खेलाडी उत्पादन गर्दै



बुटवल । दुई वर्षअघि नेपाली क्रिकेट टिममा शक्ति गौचनलाई खम्बाका रुपमा चिनिथ्यो । अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाली खेलप्रेमीहरुको मन जितेका उनी अहिले गृह जिल्ला रुपन्देहीमा ग्रास रुट क्रिकेटमा योगदान दिईरहेका छन ।

राष्ट्रिय टिमबाट सन्यास लिएको २ वर्ष पछि पनि उनि क्रिकेटमै निरन्तर लागिरहेका छन । तर अहिलको उनको भुमिका फेरिएको छ । हिजो एक कुशल खेलाडीबाट शक्तिलाई सबैले चिन्ने गर्दथे भने अहिले एउटा कुशल प्रशिक्षकका रुपमा आफुलाई चिनाउन उनले निरन्तर प्रयास गरिरहेका छन् । शक्तिको दैनिकी अचेल निरन्तर क्रिकेट खेल र युवा खेलाडी उत्पादन गर्ने तर्फ केन्द्रित भएको छ ।

शक्ति गौचनको जन्म २२ अप्रिल १९८४० मा भएको थियो । विश्व क्रिकेटको इतिहासमा शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी पनि हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन पनि हुन् । उनले नेपाली राष्ट्रिय टिमका लागि ओमान विरूद्व सन् २००२ जुलाईमा डेब्यु गरेपछि क्रिकेटको दुनियामा शक्तिको नाम चम्केको थियो । २ जुलाई २०१८ मा शक्तिले नेदरल्यान्ड विरूद्वको खेल पछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका थिए । खेलजगतमा प्रतियोगिताबाट सन्यास लिएपनि उनको क्रिकेट मोह खेलाडी हुँदाको अवस्थाको भन्दा कम छैन ।

शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनले इटाली राष्ट्रिय क्रिकेट टिम विरूद्व २००५ फेब्रुअरीमा आईसीसी विश्वकप छनोट चरणको सिरिज अन्तर्गत यो उपलब्धि हात पारेका थिए । उक्त खेलमा शक्ति १०३ बलमा १०६ रन सहित अवजीत रहेका थिए ।

शक्तिले २०१८ एभरेष्ट प्रिमियर लिग पछि घरेलु क्रिकेटबाट समेट सन्यास लिएका थिए । पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेल पछि उनले सबै खाले क्रिकेटबाट सन्यास लिएका थिए ।

पडसरीमा स्टार क्रिकेट एकेडेमी संचालन गरेका उनले अचेल उमेर समुहका खेलाडीलाई प्रशिक्षण दिदै आएका छन । ‘बिहान साझ दुई समय प्रशिक्षणमा ब्यस्त हुन्छु ।’– उनले भने । शुसान्त भारी र कुशल मल्ल उमेर समुहमा दुई जना युवा खेलाडी राष्ट्रिय टिममा पारेर उत्कृष्ट नतिजा दिलाउन उनि सफल भईपनि सकेका छन ।

युवा खेलाडीको खेलप्रतिको लगाव र अभ्यासलाई उनी राम्रोसंग बुझछन । क्रिकेट खेलप्रतिको चाहनासंगै युवा खेलाडीमा लगाव आवश्यक पर्ने उनी बताउछन । एकेडेमीमा आउने सानासाना खेलाडीसंग रमाउने उनि समय र अभ्यासमा भने कडा छन ।

नया खेलाडीको पहिचान र छनौटको आधार प्रतियोगिता हुने भएकाले पनि खेल गतिविधिलाई जोड दिनुपर्ने उनको धारणा छ । कोभिड–१९ महामारीको कहरका कारण खेल क्षेत्र प्रभावित भएकोमा चिन्तित शक्ति कोरोना कहरको गति घट्दै जाँदा पनि खेल गतिबिधि बढ्न नसकेकोमा भने दुखी छन् । ‘नेपाली क्रिकेट उदाउने क्रममा छ ।’– उनले भने । ‘यस्तो बेला खेलाडीहरुलाई नियमित अभ्यास र खेलप्रतियोगिता आवश्यकता पर्दछ ।’

नेपाली खेल क्षेत्रमा दलिय राजनीतिक प्रभाव रहेको भन्दै उनले सरकारबाट पछिल्लोसमय क्रिकेट खेलमा थोरै भएपनि चासो बढाएको प्रति भने शक्तिको मनमा आशा पलाएको छ । उनले बिचारमा सरकारले भन्दा नीजि क्षेत्रबाट क्रिकेट खेल विकासमा योगदान भएको छ । पछिल्लो समय जिल्लामा धेरै क्रिकेट एकेडेमीहरु संचालन भईरहेका कारण ग्रास रुट लेभलका खेलाडी उत्पादनमा सहयोग मिल्ने उनको अपेक्षा छ । पछिल्लोसमय खुलेका एकेडेमीहरु सुविधासम्पन्न र अत्याधुनिक भएकाले पनि खेलाडीहरुलाई सिक्न सहज हुने उनले बताउँछन् ।

शक्तिकै अगुवाईमा गौचनले बुबा स्वर्गीय खड्ग प्रसाद गौचनको स्मृतिमा तेस्रो पटक प्रतियोगिता संचालन भईसकेको छ । पहिलो संस्करण विद्यालयस्तरीय, दोस्रो रुपन्देही जिल्ला स्तरीय प्रतियोगिता गरेका उनले तेस्रो संस्करण सम्म आईपुग्दा राष्ट्रिय स्तरको प्रतियोगिता पनि सम्पन्न गरेकाछन् । बुबाको सम्झनासंगै युवा खेलाडीहरुको लागि एउटा अवसरका रुपमा प्रतियोगिता आयोजना गरेको शक्तिले बताए ।

जिल्लामा नियमित अभ्यास गर्ने उमेर समुहमा १६ वर्षमुनीका खेलाडीहरु तयार भैरहेको उनको दाबी छ । ‘अबको ३ वर्षमा १० जना युवा खेलाडीहरु राष्ट्रिय टिममा पर्ने सम्भावना छ ।’– उनले भने । देशभर नै सिनियर खेलाडीहरुलाई लक्षित प्रतियोगिता आयोजना हुने भएपनि ग्रास रुटलाई जोड दिएर जुनियर लेभलको प्रतियोगितामा कतैबाट जोड नदिएकोमा भने उनले दुखेसो गरे । ‘खेलाडी उत्पादनको आधार नै ग्रास रुट हो ।’– उनले भने । नेपाली क्रिकेट टिमको मुख्य कमजोरी ब्याटिङ लाईन भएको उनले बताए । ग्रास रुटबाट नै खेलाडीहरुमा क्रिजमा लामोसमय टिक्न सक्ने गरि बढि ओभरका प्रतियोगिताहरु अभ्यास जरुरी रहने उनी बताउछन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : ३१ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका