४ बैशाख २०८१, मंगलबार | April 16, 2024

गरिमा सहकारीद्धारा शेयर सदस्यलाई सहकारी शिक्षा तालिम



बुटवल । बुटवल-९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका-९ का अध्यक्ष एवं सहकारीका संरथक तथा निर्वतमान अध्यक्ष बिष्णु बहादुर थापाले शेयर सदस्य मात्रै बनेर बस्ने परम्परा हाटाउनको लागि यस्ता किसिमका तालिमहरु प्रभावकारी हुने बताए ।

उनले सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गरेका थिए । उनले सहकारीको विकासका लागि आवश्यक छलफल तथा सहयोग गर्न बडा नम्बर-९ र समग्र बुटवल उपमहानगरपालिका नै तयार रहेको बताए ।

तालिमको उद्घाटन शत्र सहकारीका अध्यक्ष कृष्ण प्रसाद देबकोटाको अध्यक्षता तथा सहकारीको शिक्षा उपसमिति सदस्य यमकुमारी थापाको स्वागत र समितिका सदस्य बासुदेब पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

शहकारी सम्बन्धी जानकार एव पल्लवि सहकारी संस्था देबदहका व्यवस्थापक केशब आचार्यले प्रशिक्षण दिएका थिए । आचार्यले सहकारीको अर्थ, शेयर सदस्यका काम, कर्तब्य र अधिकार, सहकारीको इतिहास, भविष्य,तथा पाईरहेका सेवा सुबिधाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

०६७ सालमा स्थापना भएको सहकारीका ७५ जनाको सहभागितामा तालिम प्रदान गरिएको सहकारीका सचिव पुरुसोत्तम आचार्यले जानकारी दिए । सहकारीमा ९ सय ३५ शेयर सदस्यहरु रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : १८ बजे

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता