२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

गरिमा सहकारीद्धारा शेयर सदस्यलाई सहकारी शिक्षा तालिम



बुटवल । बुटवल-९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका-९ का अध्यक्ष एवं सहकारीका संरथक तथा निर्वतमान अध्यक्ष बिष्णु बहादुर थापाले शेयर सदस्य मात्रै बनेर बस्ने परम्परा हाटाउनको लागि यस्ता किसिमका तालिमहरु प्रभावकारी हुने बताए ।

उनले सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गरेका थिए । उनले सहकारीको विकासका लागि आवश्यक छलफल तथा सहयोग गर्न बडा नम्बर-९ र समग्र बुटवल उपमहानगरपालिका नै तयार रहेको बताए ।

तालिमको उद्घाटन शत्र सहकारीका अध्यक्ष कृष्ण प्रसाद देबकोटाको अध्यक्षता तथा सहकारीको शिक्षा उपसमिति सदस्य यमकुमारी थापाको स्वागत र समितिका सदस्य बासुदेब पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

शहकारी सम्बन्धी जानकार एव पल्लवि सहकारी संस्था देबदहका व्यवस्थापक केशब आचार्यले प्रशिक्षण दिएका थिए । आचार्यले सहकारीको अर्थ, शेयर सदस्यका काम, कर्तब्य र अधिकार, सहकारीको इतिहास, भविष्य,तथा पाईरहेका सेवा सुबिधाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

०६७ सालमा स्थापना भएको सहकारीका ७५ जनाको सहभागितामा तालिम प्रदान गरिएको सहकारीका सचिव पुरुसोत्तम आचार्यले जानकारी दिए । सहकारीमा ९ सय ३५ शेयर सदस्यहरु रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : १८ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन