६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

सरकारको नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस



काठमाडौं । नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ ।

उसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहनेसमेत स्पष्ट पारेको छ । तर, कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइसकेको बताएको छ । कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको हो ।

कांग्रेस आन्तरिक रूपमा त्यसतर्फ अघि बढिरहेको छ । कांग्रेसभित्र सरकारको नेतृत्व लिने पक्षमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला एक मत छन् । वरिष्ठ नेता पौडेल र सिटौलाले देउवालाई सरकारको नेतृत्वका लागि अघि सर्न आग्रहसमेत गरिरहेका छन् ।

यद्यपि, देउवा केही दिन अघिसम्म कांग्रेस नेतृत्वमा जान नहुने अडानमा थिए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए तर हतार नगरी भरपर्दो वातावरणको सुनिश्चितता कांग्रेसले खोजिरहेको उनले जानकारी दिए । ‘सरकारको नेतृत्व लिन कांग्रेस तयार छ तर हतार गर्ने कुरा होइन, जोड-घटाउको कुरा हुन्छ ।

त्यसका लागि भरपर्दो वातावरण बनाउँदै अघि बढ्नुपर्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने । कांग्रेसले नयाँ सरकारमा सत्ता सहकार्यबारे शुक्रबार जसपाका नेतासँग पदाधिकारीसहित छलफल गरेको थियो ।

सोक्रममा जसपाका नेताले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले नै सरकारको नेतृत्व लिएर मुलुकलाई राजनीतिक गतिरोधबाट मुक्त गर्नुपर्ने धारणा राखेका थिए । कांग्रेससँग सहकार्य गर्ने पक्षमा माओवादी केन्द्रसमेत अघि बढिसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति देउवालाई पटकपटक भेटेर सरकारको नेतृत्व लिने दिशामा अग्रसर हुन आग्रह गर्दै आइरहेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ३८ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३