१२ असार २०८३, शुक्रबार | June 26, 2026

स्पेनिस ला लिगामा रियलको जित, बराबरीमा रोकियो एथ्लेटिको



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।

रियलको अल्फ्रेदो डी स्टेफानो रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टिम एल्चेलाई २-१ गोलले हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएपछि खेलको ६१ औं मिनेटमा गोल गर्दै एल्चेका डानी क्याल्वोले पाहुना टिमलाई अग्रता दिलाएका थिए । यससँगै थप प्रतिस्पर्धात्मक बनेको खेलको ७३ औं मिनेटमा करिम बेञ्जेमाले गोल गर्दै रियललाई हारबाट जोगाए।

उनले हारबाट मात्र जोगाएनन् बरु इन्ज्युरी समयमा थप एक गोल गर्दै घरेलु टिमलाई जित दिलाए । यो जितसँगै २७ खेलबाट रियलले ५७ अंक जोड्दै शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा ६ अंक पछि छ ।

शीर्षस्थानको एथ्लेटिकोले गएरातिको खेलमा गेटाफेसँग गोलरहित बराबरी खेल्दै एक अंक थप गरेको थियो । गोलका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा एथ्लेटिको र गेटाफे दुवै टिमले जित निकाल्न सकेनन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : १० बजे

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी