७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

स्पेनिस ला लिगामा रियलको जित, बराबरीमा रोकियो एथ्लेटिको



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।

रियलको अल्फ्रेदो डी स्टेफानो रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टिम एल्चेलाई २-१ गोलले हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएपछि खेलको ६१ औं मिनेटमा गोल गर्दै एल्चेका डानी क्याल्वोले पाहुना टिमलाई अग्रता दिलाएका थिए । यससँगै थप प्रतिस्पर्धात्मक बनेको खेलको ७३ औं मिनेटमा करिम बेञ्जेमाले गोल गर्दै रियललाई हारबाट जोगाए।

उनले हारबाट मात्र जोगाएनन् बरु इन्ज्युरी समयमा थप एक गोल गर्दै घरेलु टिमलाई जित दिलाए । यो जितसँगै २७ खेलबाट रियलले ५७ अंक जोड्दै शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा ६ अंक पछि छ ।

शीर्षस्थानको एथ्लेटिकोले गएरातिको खेलमा गेटाफेसँग गोलरहित बराबरी खेल्दै एक अंक थप गरेको थियो । गोलका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा एथ्लेटिको र गेटाफे दुवै टिमले जित निकाल्न सकेनन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : १० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल