१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रधानमन्त्री ओलीको आरोप, – केही मान्छेले विकासलाई अवरुद्ध पार्न खोजेका छन्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधको नाममा विकासलाई अवरुद्ध पार्न खोजिएको बताएका छन् ।

प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको आइतबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासको कामलाई तीब्रता दिए पनि केही मान्छेहरुले विरोध मात्रै गरेको बताएका हुन् । ओलीले देश र जनताप्रति जिम्मेबारीबोध नभएकाहरुले विकासको विरोध गरिरहेको आरोप लगाए ।

ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्ति भए पनि सरकारले भने ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीब्र बनाएको दाबी गरे ।

ओलीले दीगो विकासलाई दृढताका साथ अगाडि बढाएको दाबी दाबी गर्दै भने, ‘दीगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौं। यो असाधारण उपलब्धि हो। यसलाई अझ उचाइमा पुर्‍याउनुपर्छ ।’

उनले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि सरकारले सबै प्रयास केन्द्रित गरेको उनको भनाइ थियो ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ३२ बजे

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल