१४ बैशाख २०८३, सोमबार | April 27, 2026

ग्लोबल आइएमई बैंकद्वारा ‘८.५ % ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ जारी



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चैत्र १ गते देखि “८.५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७”निष्काशन गरी बिक्री खुला गरेकोे छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको, १,००० रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्र मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत (Private Placement) तवरबाट बिक्री गर्नेछ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाखकित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५५ का दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ । बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा प्रस्तावित क्रणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्रि हुने अवस्थामा रहेको बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले बैंकलाई औषत कर्जा जोखिम जनाउने ‘इक्रा इस्युअर रेटिङ्ग ए माइनस’ प्रदान गरेको छ । त्यसैगरी, ऋणपत्रलाई भने कम जोखिम जनाउने ‘इक्रा एलए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथावित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५३ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  २ : १५ बजे

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

गलकोट । यहाँको काठेखोला गाउँपालिका-२ भिमपोखरा र वडा नं ४

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

ढोरपाटन । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष

रसुवागढी भन्सार : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा