१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि पनि



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने गरी स्थगित भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ परिस्थितिमा पार्टीको पुनर्गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् ।

बैठकमा पार्टीको नाम फेर्ने, पार्टी अनुशासन उल्लंघन गरी एमालेमा गएका २३ नेतामाथि कारवाही गर्ने लगायतका एजेण्डामा छलफल सुरु भएको छ ।

आजको बैठकमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्टिङ गरेको नेता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा सदुरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी, कर्णाली प्रदेशबाट माया शर्मा, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, गण्डकी प्रदेशबाट हितराज पाण्डे, बागमती प्रदेशबाट नारायण दाहाल, प्रदेश २ बाट विश्वनाथ साह र प्रदेश १ बाट सावित्री भुसालले रिपोर्टिङ गरेको श्रेष्ठले बताए।

आजको बैठकमा पार्टी छोडेर गएका सांसदहरुलाई के कारवाही गर्ने भन्ने बारेमा पनि छलफल भएको छ । कानुनी प्रश्न उठ्न नसक्ने गरी विधि पुर्याएर पार्टी छोडेका संघ र प्रदेशका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ०४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज