१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि पनि



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने गरी स्थगित भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ परिस्थितिमा पार्टीको पुनर्गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् ।

बैठकमा पार्टीको नाम फेर्ने, पार्टी अनुशासन उल्लंघन गरी एमालेमा गएका २३ नेतामाथि कारवाही गर्ने लगायतका एजेण्डामा छलफल सुरु भएको छ ।

आजको बैठकमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्टिङ गरेको नेता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा सदुरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी, कर्णाली प्रदेशबाट माया शर्मा, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, गण्डकी प्रदेशबाट हितराज पाण्डे, बागमती प्रदेशबाट नारायण दाहाल, प्रदेश २ बाट विश्वनाथ साह र प्रदेश १ बाट सावित्री भुसालले रिपोर्टिङ गरेको श्रेष्ठले बताए।

आजको बैठकमा पार्टी छोडेर गएका सांसदहरुलाई के कारवाही गर्ने भन्ने बारेमा पनि छलफल भएको छ । कानुनी प्रश्न उठ्न नसक्ने गरी विधि पुर्याएर पार्टी छोडेका संघ र प्रदेशका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ०४ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ