११ श्रावण २०८३, सोमबार | July 27, 2026

उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन एफएनसीसीआई अध्यक्ष गोल्छाको सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आार्थिक विकास समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् ।

समिति सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य चक्रबहादुर अधिकारी, कुवीरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन सोलुशन प्रालीका अध्यक्ष सुनिता नेमाफुकीलगायत छन् ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्न सुझाव दिए । साथै गोल्छाले महासङ्घको तर्फबाट नेपाल सरकारमा केकस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पु¥याउन सकिन्छ सोअनुसार समितिलाई क्रियाशील राख्नुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले समितिलाई बधाई दिँदै स्थानीय सीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासङ्घका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचानसहित अगाडि बढ्न शुभकामना दिएका थिए ।

समितिको बैठकले स्थानीय आर्थिक विकासका लागि केकस्ता कार्य गरी अगाडि बढ्न सकिन्छ सो विषयको पहिचानका लागि छिट्टै एक कार्यशाला गोष्ठी गरी आगामी कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ४७ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न