७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा मेसीको दुई गोल, लिगमा दोस्रो स्थानमा उक्लियो



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले हुएस्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले हुएस्कालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । उनले खेलको १३ औ र ९० औ मिनेटमा गोल गरेका थिए । त्यस्तै एन्टोनी ग्रीजम्यानले एक गोल गरे भने ओस्कार मिनगुएजाले एक गोल गरेका थिए ।

त्यस्तै हुएस्काका लागि एक गोल राफा मिरले फर्काएका थिए । मेसीले यस खेलपछि नयाँ रेकर्ड समेत बनाएका छन् । मेसीले ला लिगामा बार्सिलोनाका लागि ७६७ खेल खेल्दै बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजको बराबरी गरेका छन् ।

यो जितपछि बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना अब शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा ४ अंकले पछाडी रहेको छ । बार्सिलोनाको २७ खेलमा ५९ अंक रहेको छ ।

त्यस्तै हुएस्काको भने २७ खेलमा २० अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : १७ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११