४ पुस २०८२, शुक्रबार | December 20, 2025

पोखरामा शाइन रेसुङ्गा बैंकको शाखा सञ्चालन



बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुङ्गाले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो ।

यौसंगै बैंकको शाखा संख्या ७७ पुगेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराईले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै निर्देशक भट्टराईले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बृद्धि गरी अर्थतन्त्रमा टेवा पु¥याउन सुझाव दिए ।

उनले बजारको गहिरो अध्ययन गरेर लगानी गर्न र डिजिटल बैकिङलाई प्राथमिकता दिन पनि सुझाव दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको बताए ।

बैंकले सबैसंग हातेमालो गरेर गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउने बताए । गण्डकी प्रदेशको बागलुङको बुर्तिबाङमा पनि बैंकको शाखा सञ्चालनमा छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थानीय माग र आवश्यकता अनुसार कर्जा लगानी गरिने बताए ।

देशभरका ८ वटा राष्ट्रिय स्तरका विकास बैंक मध्ये शाइन रेसुङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको