१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

रियल मड्रिड र म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा प्रवेश



काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब एटलान्टालाई ३-१ ले हराएको रियलले समग्रमा ४-१ को जीत निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

पहिलो लेगमा रियल १-० को जित निकालेको थियो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियलको जीतमा करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियोले गोल गरे । एटलान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ३४औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १-० को अग्ता दिलाए । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरेका थिए । ६०औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे । टोलोइले पेनाल्टी बक्समा भिनिसियस जुनियरलाई लडाएपछि प्राप्त पेनाल्टीमा रामोस चुकेनन् ।

८३औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याउदै एटलान्टालाई खेलमा फर्कने संकेत दिए । तर मैदन प्रवेश गरेको चार मिनेटमै सब्सिच्युट मार्काे एसेन्सियोले गोल गर्दै दोस्रो लेगमा रियललाई ३-१ को सहज जित दिलाए । एसेन्सियोले ८५ औं मिनेटमा गोल गरेका थिए ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले पनि जीत निकाल्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । सिटीले बोरुसिया मन्चनग्लाडबाकलाई २-० ले हराउँदै समग्रमा ४-० को जीत निकालेको हो ।

सिटीको जीतमा केभिन डि ब्रुयना र इल्काए गुन्डोगानले ११ गोल गरेका थिए । दुवै गोल सुरुवाती २० मिनेटभित्रै भएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : २८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग