७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपाका माग पुरा गर्न प्रधानमन्त्री ओली सकारात्मक : कर्ण



काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् ।

सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै जसपा नेता कर्णले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई सबैधानिक र कानूनीबाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताएका हुन् ।

राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफुहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताउनुलाई अर्थपूर्ण मानिएको छ । जसपामा ओलीलाई समथर्न गर्न हुँदैन भन्ने पक्षमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष रहेको छ । तर, आफ्ना माग पुरा गरे ओलीलाई नै समर्थन दिन सकिने पूर्व राजपा पक्षधर महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले बताउँदै आएको छ ।

प्रतिनिधिसभा पुर्नस्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वामघटकहरु पुर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र र नेकपा एमालेमा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तिब्र बनेको छ । कर्णले संबै दलहरुसंग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताए ।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो ? भन्ने संचारकर्मीको जिज्ञासामा उनले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गरे । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न भिन्न भएको भन्दै उनले अरु दलको आडलिएर नेतृत्वमा पुग्न नहुने बताए ।

कर्णले भने, “जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाईदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र सरकारै चलाउने विषय झन अलग हो । ”

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई