१६ असार २०८३, मंगलबार | July 1, 2026

ओली पक्षको चाहना छुट्टिएर गए हुन्थ्यो भन्ने नै छ, राष्ट्रिय भेला छुट्टिनका लागि होईन : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव तथा एमाले नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरु एकताको पक्षमा रहेको बताएका छन् ।

एमालेको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले आफूहरुले समानान्तर कमिटी नबनाउने र एमालेलाई नै अझै बलियो बनाएर लैजाने पक्षमा रहेको बताए ।

उनले एमाले निर्माणमा आफुहरुको मेहनत, पसिना र लाखौँ सदस्यको सहभागिता र नेताको भूमिका रहेको उल्लेख गर्दै मन, वचन र कर्मले एमाले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

भट्टराईले ओली पक्षले छुट्टिएर गए हुन्थ्यो भने पनि आफूहरुको भेला एमालेबाट छुट्टिनका लागि नभएर एमालेलाई अझै बलियो बनाउनका लागि भएको स्पष्ट पारे ।

‘यो भेला एमालेबाट छुट्टिनका लागि गरेको होइन, त्यसो भएको भए व्यानरमा अर्कै नाम हुन्थ्यो’, ‘उताकाहरुलाई यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने छ, यो पार्टी निर्माण गर्न हाम्रो ठूलो भूमिका खेलको छौँ ।

उनले गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीको एकतालाई खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएको र त्यसैका आधारमा संगठनहरु संचालन हुनु पर्छ भनेर राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिए ।

अदालतको आदेश पालना गर्छु भन्ने प्रधानमन्त्री जे २ को अवस्थामा फर्किए एमाले पार्टीको एकता सम्भव भएको भट्टराईको भनाइ थियो।

उनले सञ्चारमाध्यमामा आएको जस्तो आफूहरुले समानान्तर कमिटी संचालन नगरेको स्पष्ट पार्दै २०७५ जेठ २ गतेको कमिटी चलाउने आफुहरुको लक्ष्य रहेको बताए।

उनले प्रधानमन्त्री ओलीले फागुन २८ को र्बठक पनि गुटको बैठक भएको र चैत ७ गते बोलाएको बैठक पनि गुटको बाहेक अरु हुन नसक्ने बताए । उनले चैत्र ७ को बैठक केन्द्रीय समितिको बैठक नभएको बताए। उनले आफ्ना माग सम्बोधन नगरेसम्म उक्त बैठक गुटको मात्रै बैठक हुने दाबी गरे ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : १४ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी