११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ओली पक्षको चाहना छुट्टिएर गए हुन्थ्यो भन्ने नै छ, राष्ट्रिय भेला छुट्टिनका लागि होईन : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव तथा एमाले नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरु एकताको पक्षमा रहेको बताएका छन् ।

एमालेको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले आफूहरुले समानान्तर कमिटी नबनाउने र एमालेलाई नै अझै बलियो बनाएर लैजाने पक्षमा रहेको बताए ।

उनले एमाले निर्माणमा आफुहरुको मेहनत, पसिना र लाखौँ सदस्यको सहभागिता र नेताको भूमिका रहेको उल्लेख गर्दै मन, वचन र कर्मले एमाले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

भट्टराईले ओली पक्षले छुट्टिएर गए हुन्थ्यो भने पनि आफूहरुको भेला एमालेबाट छुट्टिनका लागि नभएर एमालेलाई अझै बलियो बनाउनका लागि भएको स्पष्ट पारे ।

‘यो भेला एमालेबाट छुट्टिनका लागि गरेको होइन, त्यसो भएको भए व्यानरमा अर्कै नाम हुन्थ्यो’, ‘उताकाहरुलाई यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने छ, यो पार्टी निर्माण गर्न हाम्रो ठूलो भूमिका खेलको छौँ ।

उनले गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीको एकतालाई खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएको र त्यसैका आधारमा संगठनहरु संचालन हुनु पर्छ भनेर राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिए ।

अदालतको आदेश पालना गर्छु भन्ने प्रधानमन्त्री जे २ को अवस्थामा फर्किए एमाले पार्टीको एकता सम्भव भएको भट्टराईको भनाइ थियो।

उनले सञ्चारमाध्यमामा आएको जस्तो आफूहरुले समानान्तर कमिटी संचालन नगरेको स्पष्ट पार्दै २०७५ जेठ २ गतेको कमिटी चलाउने आफुहरुको लक्ष्य रहेको बताए।

उनले प्रधानमन्त्री ओलीले फागुन २८ को र्बठक पनि गुटको बैठक भएको र चैत ७ गते बोलाएको बैठक पनि गुटको बाहेक अरु हुन नसक्ने बताए । उनले चैत्र ७ को बैठक केन्द्रीय समितिको बैठक नभएको बताए। उनले आफ्ना माग सम्बोधन नगरेसम्म उक्त बैठक गुटको मात्रै बैठक हुने दाबी गरे ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : १४ बजे

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय