११ चैत्र २०८२, बुधबार | March 25, 2026

नरभक्षी बाघ नियन्त्रणमा



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम तर्फ आतंक मच्चाईरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिईएको छ । गेरुवा गाउँपालिका लगाएतका क्षेत्रमा आतंक मच्चाईरहेको बाघलाई बाघ नियन्त्रण टोलीले नियन्त्रणमा लिईएको हो ।

बाघ गेरुवा गाउँपालिका वडा नं ४ राजीपुरमा फेला परेपछि डार्ट (बेहोस बनाउने औषधी) प्रयोग गरी नियन्त्रणमा लिईएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
नियन्त्रणमा लिईएको बाघको अवस्था हेरेर मात्र स्थानान्तरण गरीने योजना रहेको निकुञ्जले जनाएको छ । बाघको अवस्था, लिंग लगाएतको विषयमा अध्ययन गरेर मात्र बाघलाई स्थानान्तरण स्थान पत्ता लगाइने सहयक संरक्षण अधिकृत थापाले बताए ।

बर्दियाको गेरुवा गाउँपालिकाको गोला क्षेत्रमा र मधुवन नगरपालिकाको खाता जैविक मार्गको आसपासको क्षेत्रमा बाघ नियन्त्रणका लागि बुधबार विहान टोली परिचालन गरीएको थियो । दुई ओटा टोलीमा ६ वटा हात्ती, २÷२ जना पशुप्राविधिक, वन्यजन्तु एम्बुलेन्स,खोर सहितको ट्रक,संरक्षण भ्यान परिचालन गरीएको छ । त्यसैगरी टिममा नेपाली सेना, निकुञ्जका कर्मचारी, डिभिजन वनका कर्मचारी र स्थानीयलाई समेत परिचालन गरीएको छ ।

नरभक्षी बाघ नियन्त्रणमा आएपछि गेरुवा गाउँपालिकाबासी हर्षित भएका छन् । बाघ नियन्त्रण भएपछि आँफुहरु केही राहतको महसुस गरेको गेरुवा गाउँपालिका ४ राजीपुरका बडघर लक्ष्मी प्रसाद चौधरीले बताए । लामो समय देखि खाता जैविक मार्गमा मानिस र पशुचौपाय माथि आक्रमण गरीरहेको बाघलाई भने टोलीले अझै नियन्त्रणमा लिन सकेको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : ४८ बजे

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका