३ आश्विन २०८३, शनिबार | September 19, 2026

चालु आवको छ महिनामा लगानी कोषको नाफामा वृद्धि



काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ ।

कोषले चालु आवको छ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात रु एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ । सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक खर्ब एक अर्ब ६६ करोड, नेपाल सरकारको ऋणपत्रमा रु एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयररधितोत्रपमा रु १२ अर्ब ८३ करोड, सहभागी सापटी तथा आवास कर्जामा रु २७ अर्ब ९३ करोड र समयकालीन कर्जामा रु १९ अर्ब ७२ करोड लगानी गरेको छ ।

कोषको अधिकृत पूँजी रु आठ अर्ब, जारी पूँजी रु आठ अर्ब र चुक्त पूँजी रु तीन अर्ब रहेको छ । कोषमा सरकारको १०, नेपाल राष्ट्र बैंकको १३.३४, नेपाल स्टक एक्सचेन्जको १०, राष्ट्रिय बीमा संस्थानको ३१.५५, बैंक तथा वित्तीय संस्थाको १५।११ र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

मुलुकको आर्थिक विकासका लागि जनतालाई समेत पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन तथा पूँजीबजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापना भएको कोषले अवकास कोष सञ्चालन तथा व्यवस्थापन गर्ने, जनतालाई बचत गर्न प्रोत्साहित गरी राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्य गरिरहेको छ ।

कोषले कर्मचारी बचत वृद्धि अवकास कोष योजना, आवास कर्जा, लगानीकर्ता हिसाब योजना, उपदान योजना, नागरिक एकाङ्क योजना, राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

कोष स्थापनाको ३१ औँ स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउने गरी काम गर्न निर्देशन दिए । पूर्वाधार विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई विस्तार गरेर आर्थिक पुनःउत्थान गर्नुपर्नेमा जोड दिँदै उहाँले कोषले सञ्चालनमा ल्याएका योजनालाई थप प्रभावकारी बनाउन सुझाव दिए ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले बचत सङ्कलनका लागि सञ्चालनमा ल्याइएका कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना तथा नागरिक एकाङ्क योजनाबाट सङ्कलित रकमलाई उच्च प्रतिफल प्राप्त हुने गरी जोखिम विश्लेषणका आधारमा लगानी गर्दै आएको बताए ।

बचत सङ्कलनको दायरालाई फराकिलो बनाउन नागरिक पेन्सन योजना शुरु गरिएको जानकारी दिँदै उनले यसबाट बचतकर्ताले सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट जीवनको उत्तरार्धमा सहायता पाउने अपेक्षा गरे । कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी र २० वर्षभन्दा बढी अविछिन्न सेवा गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । रासस

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ८ : ३७ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२